नविन यादव , सप्तरी , असोज २
दहेज मुक्त मिथिला नेपाल को राष्ट्रिय अध्यक्ष करूणा झा ले पछिल्लो समय सप्तरी , सुनसरी लगायत मिथिलाको विभिन्न ठाउँमा बढिरहेको आत्महत्याको घटनाहरु प्रति ध्यानाकर्षण भएको भन्दै यस्ता घटनाले समाजमा ज्यादै नराम्रो असर पार्न सक्ने बताउनु भएको छ ।
बिभिन संचारकर्मी संग कुरा गर्दै झा ले मिथिला क्षेत्रमा अहिले पनि दाइजोको निहुमा दिनहु जसो घरेलु हिंसा , महिला हिंसाहरु भैइरहेको हुन्छ। यस्ता घटनाहरु ले गर्दा कमोल आत्मा भएकी नारीजातले मानसिक र भौतिक रुपमा पीडाको कारण आत्महत्याको घटनाहरु हुने बताएकि छिन।
त्यस्तै झा ले बढिरहेको बलात्कारको घटनाहरु प्रति पनि मानव अधिकारकर्मी , प्रहरी प्रसासन लगायत समाजको बुद्धिजीवी बर्गहरु ले समयमै पीडितलाई कानुनी उपचारमा नसघाएको कारण पीडित महिलाहरु थप मानसिक तनावमा आएर आत्महत्या गर्न बाध्य भएको सजिलै अनुमान गर्न सकिन्छ भनि बताउनु भयो।
उक्त संस्थाको अध्यक्ष करुणा झा ले पछिल्लो समय भएको घटनाहरु निन्दनीय रहेको भन्दै गाउँ घरमा भैइरहेको पंचायत लाई गम्भीर एवम् संवेदनशील खाल को घटनाहरुमा निषेध गर्नुपर्ने बताउनु भएको छ । यसले घटनामा उचित न्याय गर्नु भन्दा एकहरो तरिकाले पक्षपात निर्णयका कारण घटना झन गम्भीर बन्ने गरेको छ ।
दहेजलाई सरकारले कानुनी आपराधको रुपमा कागजमै मात्रसिमित नराखी कार्यावन्यन गर्नलाई सबै नागरिक समाज, स्थानीय प्रसासन, प्रहरी, मानव अधिकार कर्मी, बाल संजाल, स्थानीय बुद्धिजीवी, समाजिक कार्यकर्ता लगायत संघसंस्थाहरुले पहलकदमी भुमिका निर्वाह गर्नु अपरिहार्य रहेको बताउनु भयो।
यसैगरी उहाँले समाजमा गलत प्रवृत्ति बढदै गएको प्रति सबै लाइ सचेत हुन र समयमै यसलाइ निरुत्साहित गर्न गराउन अनुरोध गर्नु भएको छ ।