अजय पाठक २ असोज, बाँके ।
छिमेकी मुलुक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गर्दै आएका छन् । विभिन्न जिल्लाहरुमा प्रशासनले बजारको अनुगमन गर्दै कालोबजारी गर्ने व्यवसायीहरुलाइ जरिवाना सहित कारबाही गरेको छ ।
यस्तै काठमाडौंमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालोबजारी गर्ने व्यापारी लाई १५ लाख रुपैयाँ जरिवाना सहित कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानमा रहेका ८ जना व्यवसायीलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको छ । बिहीवार मात्र कसुर अनुसार प्रति व्यक्ति ५५ हजार देखि ३ लाख रुपैयाँ सम्म जरिवाना गरेको वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ।त्यसै गरि सिरहामा पनि केही व्यवसायीहरु लाइ कार्वाही गरिएको छ ।
तर बाँकेमा यस्तोकतै देखिएको छैन। बाँके वासी दिन प्रतिदिन महँगो तरकारी किन्न बाध्य भएका छन। तरकारीको मुल्य दिनहुुँ अकाशिदै गएता पनि स्थानीय प्रशासन को ध्यान आकर्षण भएको देखिएको छैन । यदि प्रशासनको ध्यान गएको भए रु ४०-५० प्रती केजि पर्ने प्याज लगायत अन्य तरकारी अकाशिने थिएन, भन्दै जनता ले बिरोध गरिरहेका छन । तर प्रशासनको कुनै पनि अनुगमन टोलिले तरकारी जस्तो अत्यावश्यक उपभोग्य वस्तुमा ध्यान नदिएको स्थानियले बताउँछन् । पछिल्लो समय बाँकेमा तरकारीको मूल्य अकाशिए को छ जसका कारण उपभोक्त मार्कमा परेका छन।
नेपालगन्जको तरकारी बजारमा तरकारी किन्न आएका एकजना स्थानीयले भन्छन,”लामो समय देखिएको बन्दाबन्दिका कारण हामी गरिब जनता अति प्रभावित भएका छाै, घर घरमा साना साना बाबू नानीहरु छन, ६ महिना अगाडि एक छाक खाएर पनि केही पैसा बचाएर राखेको थिए त्यही बाट धौ धौ गरेर बन्दाबन्दिमा पेट भरी रहेका छाै। तर अत्यावश्यक वस्तु तरकारीको मुल्य यसरी नै अकाशिदै गयो भने “हामी गरिब जनता रोगले होइन, भोगले मर्ने छाै ” उनले बताए ।
सरकारले केही राहत स्वरुप खाद्यन्न वितरण गरेको थियो तर त्यतिले मात्र ६ महिना खानको लागी पुग्न असम्भव छ । ती तरकारी किन्न आएका व्यक्तिले भने, ३ करोड जनतालाइ सरकारले ६ महिना सम्म को लागि पाल्न गार्हो छ , हामी बुझ्छाै तर आम जनता व्यापारीहरु बाट दिनहुुँ ठाँगिदै छन र सरकार मौन बस्नुमा हामी के बुझौं ?उक्त लकडाउनका कारण स्थानिय तरकारी, तरकारी बजारमा आउन नसके पछि तरकारी महँगोमा बेच्न बाध्य भएको स्थानिय व्यापारीहरु बताउदै आएका छन ।
स्थानिय उत्पादन आउन छाडेको र बाहिर बाट मगाएर बेच्न बाध्य भएको कारण तरकारी महँगो रहेको बताउदै आएका छन। हाल केहिदिन यता सरकारले लकडाउन खोलिसकेको भएपनि तरकारी को भावमा कुनै गिरावट नभएको उपभोक्तहरुको भनाइ छ । तरकारी उत्तिकै महँगो भएकोले उपभोक्ता मर्कामा छन ।