सरकारको काम जनताको विचमा नेकपा महराजगंज पुर्याउने ।

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु , ३ असाेज

कपिलवस्तुको महराजगंजमा नेपाल कम्यूनिष्ठ पार्टी ले सरकार ले गरेको काम जनताको बिचमा लैजाने निर्णय गरेको छ ।

sahani furniture udyog

सरकारको कामको अलोचना भईरहेको बेला सरकार ले गरेको राम्रोकाम पनि विभिन्न प्रकार ले केरमेट गरि जनता लाई भ्रमित पारेको भन्दै सरकारको काम जनताको बिचमा पुर्याउने निर्णय गरेको नगरकमिटि अध्यक्ष विजय प्रकाश जैसवालले जानकारी दिनु भएको छ। नेकपा महराजगंज ले शनिवार महराजगंजको जानकी मा. वि. मा विजय प्रकाश जैसवाल को अध्यक्षतामा बैठक बसेर निर्णय गरेको हो ।

प्रत्येक वडामा कमिटिको बैठक गर्ने, कोरोना रोकथाम तथा नियान्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्ने, सरकार को कामको बारेमा जनतालाई बताउन ५ सदस्यि प्रशिक्षक समिति समेत गठन गरेको कमिटि सचिव शिव गैरेले जानकार दिनु भएको छ।त्यस्तै कमिटि को काम र निर्णय प्रकृया छिटो छरितो गर्नको लागि १७ सदस्यीय सचिवालय समिति समेत गठन गरे को गैरेले बताउनु भएको छ ।

विजय प्रकाश जैसवाल को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ५ का समाजिक विकास समितिका सभापति दिर्गनरायाण पाण्डेय को प्रमुख अतिथ्याता रहेको थियो । बैठकमा जिल्ला कमिटि सदस्य मोहम्मद हुसेन र मैराज खान लगायतको उपास्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.