उर्मिला यादव , रुपन्देही , असोज ३
रुपन्देहीको रोहिणी गाउँपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्। रोहिणी गाउपालिका वडा नम्बर ३ परासीझुंगाको दक्षीण टाेल मा आज भएको कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरी ६९ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।
उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, महेन्द्र गुप्ता (प्रशान्त), विजय बहादुर सिंह थारु , रामधर हरिजन, रोहित सहानी लगायतले पार्टी मा प्रवेश गराउनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो ।
यसैगरी आज शनिबार रोहीणी गाउँपालिका वडा नम्बर ३ परासीझुंगाको दक्षीण टोलामा सारदा हरिजन को अध्यक्षतामा एक सय एक जना सदस्य रहने गरी टोल कमिटी गठन गरिएको छ।जसको उपाध्यक्षमा मिना हरिजन , पावन्ती हरिजन , कौसेलेन्दर गुप्ता, सकुन्तला हरिजन, धुर्ब बिक ,प्रभावी घर्ती, सचिवमा बालती बिक, सह–सचिवमा इसा हरिजन , कोषाध्यक्ष मा सिता घर्ती रहनु भएको युवा नेता यादवले जानकारी दिनु भयो ।