महासंघ को जितपुर सिमरा उपमहानगर कार्य समिति गठन कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

बारा , असोज ३
शनिबार बारा जिल्ला को जितपुर सिमरा उपमहानगर पालिका मा नेपाल विश्व हिन्दु महासंघ को कार्य समिती गठन गरिएको छ । महासंघका केन्द्रिय सचिव अभिषेक तिवारी को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा २७ सदस्यीय उपमहानगर कार्य समिति गठन गरिएको छ ।

लालबाबु पाण्डेय को अध्यक्षतामा नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर को २७ सदस्यीय कार्य समिति गठन गरिएको हो। कार्यसमिति गठन पश्चात नवगठित समितिका पदाधिकारीलाइ बधाई दिदै केन्द्रिय सचीव तिवारी ले प्रदेश दुईमा हिन्दु बिरोधि गतिविधि बढेकोमा चिन्ता व्यक्त गर्नुका साथै सबै कार्यकर्तालाइ धर्म र समाज बिरोधि गतिविधि को पुर्ण रुपमा खुलेर प्रतिकार गर्ने अनुरोध गरेका छन् ।

sahani furniture udyog

उक्त कार्यक्रममा प्रदेश नं २ का अध्यक्ष बिशाल झा विशेष उपस्थिति तथा पर्साका उपाध्यक्ष सन्दीप साह , बिरगंज महानगर अध्यक्ष अनुराग झा, उपाध्यक्ष राकेश पटेल, सचिव मुकेश श्रीवास्त्व लगायत सयौं को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.