जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख जाेशी प्रवल जनसेवा श्री पदक बाट विभुषित

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख सम्मानित भएका छन । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा विगत लामाे समय देखि जनसेवामा खटिनुभएका जिल्ला स्वास्थ्य कार्यालय बझाङ का प्रमुख भानुभक्त जाेशी सम्माननिय राष्ट्रपति बाट प्रवल जनसेवा श्री पदक बाट बिभुषित भएका हुन ।

प्रमुख जाेशी विगत ३० बर्ष देखि जिल्लामा काम गर्दै अाउनु भएको हाे। उनले विगत लामाे समय देखि सिनियर खाेप अधिकृतकाे रुपमा काम गर्दै अाउनु भएको छ भने जिल्लामा बालबालिका काे उच्च मृत्युुदरलाई घटाउन सफल हुनुभएको पनि पाईन्छ।जाेशीले बझाङ जिल्लामा रहेका विभिन्न स्वास्थ्य कार्यालय स्वास्थ्य चाैकि र गाउँघर क्लिनिकमा अाफै गएर रिपोर्टिङ गर्नुकाे साथै , विभिन्न सिविरहरु सञ्चालन गर्दै जनसमुदायको उच्च मनवल बढाउदै अाउनुभएकाे देखिन्छ ।

कार्यालय प्रमुख जाेशी सम्मानित भए पछि बधाई दिनेकाे निकै लर्काे लाग्नुकाे साथै प्रत्येक्ष अप्रत्यक्ष रुपमा बधाई दिनुहुने सबै लाई धन्यवाद दिनुभएको हाे । प्रमुख जाेशिले भने सरकारले यसरी कामकाे मुल्यांकन गर्दै सम्मान गरेकाेमा अत्यन्तै खुसि व्याक्त गर्नुभएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.