बझाङमा १२ बर्षीया बालिका मृत फेला, हत्याको आशंका

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

बझाङ जिल्ला को मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका मृत फेला परेकी छिन्। १२ बर्षीया बालिका सम्झना कामी मृत फेला परेकी हुन ।

sahani furniture udyog

बुधबार बेलुका साढे ४ बजे खिकाला बाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीका अबेर सम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाँउ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दीर मा उनको शव फेला परेको मृतकका बाजे गोरख कामीले जानकारी दिए।

मृतक बालिकाको शरीर भरी निलडाम भएकाले हत्या भएको आरोप उनले लगाएका छन्। नग्न अवस्थामा शव फेला परेको वडा नम्बर २ का वडाध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए।

बालिकाका बुबाआमा रोजगारीका लागी भारतमा छन्। यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्का को नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। डीएसपी खड्का ले बालीका ले कानका लगाएको मुन्द्रा नभएको र घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.