रैपर तथा मोडेल बिकास चौधरीको किन हो गीत सार्वजनिक (भिडियो सहित) हेरेर प्रतिक्रिया र माया गरिदिन हुन सम्पूर्ण टिमको आग्रह
हेमन्त चौधरी ,असोज ८, कैलाली
अहिले विश्वभर कोरोना भाइरसको त्रास छ र पछिल्लो समय कुनै पनि क्षेत्रमा हुनुपर्ने काम भईरहेको छैन। यस बाट पर्यटकिय , गीत- संगीत, कला लगायतका क्षेत्र समेत प्रभावित भएका छन ।
तर पनि जोखिमपुर्ण प्रस्तिथीमा केही क्षेत्रमा सकि न सकि कार्यहरु भईरहेका छन् । त्यसै क्रममा रैपर बिकास चौधरीको म्युजिक भिडियो सार्बजनिक भएको छ।किन हो! रहेको यस गीतमा गायक बिकास चौधरीकाे स्वर रहेकाे छ। किन हो ! दु:खलाई भिडियाे काे कथामा सजिव तरिकाले देखाउन खाेजिए काे छ।
octave स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द समेत बिकास चौधरीकै रहेको छ । अभिनेता EB (Emoholic bikas), देव राज र यस रैपर गीतको उत्पादक रेस्पो बिटस रहेको छ । किन हो sad song रैपर गीतमा योगेन्द्र चौधरीले सम्पादन गरेका हुन ।
नेपलकाे पर्टकीय क्षेत्र कैलाली जिल्लाको भलका (picinic spot) गाउँमा छायाँङ्कन गरिएको यस भिडियो कस्तो बनेको छ, भन्ने कुरामा सम्पुर्ण टीमले हेरेर प्रतिक्रिया र माया गरिदिन हुन आग्रह गरेका छन्।
रैपर तथा किन हो गीतको मोडेल बिकास चौधरी ले आफूलाई कैलाली जिल्लाको धनगढीका एउटा सानो परिवार बाट रहेको बताएका छन । परिवार सानो भएका कारण आफुलाइ चाहिने जति समर्थन गर्न सकेको भए पनि उनका साथीहरुले निकै सहयोग गरेको समेत बताएका छन । यो गीत बनाउन देखि सार्वजनिक गर्न सम्म बिशेश गरि camera man तथा सम्पादक योगेन्द्र चौधरीले निकै सहयोग र समर्थन गरेको मोडेल चौधरीको भनाइ छ। मोडेल चौधरीले nilekhabar लाईभाबुक हुँदै भने, “गीत सार्वजनिक भयो भनेर एक प्रकारले म खुसी पनि छु र दुखी पनि छ” उनले बताएका छन । गीत सार्वजनिक भयो भनेर उनी एक दम खुसी भएका छन भने आफूलाई गीत संगीतमा रुचि भएता पनि आत्मबल बढाउनको लागी परिवारले आफूलाई समर्थन नगरेको भन्दै निरास भएका छन ।
गीत संगीतमा रुचि भएको हुँदा उनले आफूलाई खाजा खाना को लागी मिलेको पैसा बचाएर पनि यो भिडियो बनाउनका लागी प्रयोग गर्दै आएको बताएका छन ।
तर एक दिन पक्कै पनि परिवारको साथ र समर्थन मिल्ने आश मा उनी निरन्तर आफ्नो प्रयास जारी राखेका छन। यस अगाडि पनि उनले आफ्नै स्वरमा mom dad भन्ने भिडियो बनाएका थिए। https://youtu.be/9eiGusAUQlA