खोलामा पुल नहुँदा पुर्तिघाट फूर्षे खानीका बासिन्दा लामो समय देखी समस्या झेल्दै

0
Quantam abroad studies

हरिकुमार केसी / पुर्तिघाट, गुल्मी
कालीगण्डकी गाउँपालिका को केन्द्र पुर्तिघाट बजारको नजिकै रहेको पाती खोलामा पुल नहुँदा स्थानिय हरु लामो समय देखि समस्या झेल्दै आएका छन् ।

sahani furniture udyog

गाउँपालिका को केन्द्र नजिकै रहे पनि गाउँपालिका को वडा नं ४ फूर्षे खानीका बासिन्दा वर्षेनी वर्षातको समय पातिखोलको बाढीमा ज्यान को जोखिम मोलेर खोला तर्न बाध्य छन् ।रात भरि ठूलो पानी पर्यो भने खोलामा तर्नै नसक्ने गरी बाढी आउँछ । बालबच्चा लाई विद्यालय पठाउन पनि समस्या छ। स्थानिय वीरेन्द्र श्रीश भन्नुहुन्छ । हिउँदको समयमा खासै समस्या नभए पनि वर्षातको समयमा खोला तर्न कठिन हुने गर्दछ । कोही विरामी भइहाल्यो भने पनि कति बेला खोला घट्छ र जाउँला भनेर पर्खनुपर्ने अवस्था रहेको छ ।

खोला तर्न समस्या भएपछि केही समयअघि स्थानीयहरू मिलेर काठको फडके पुल बनाएको भएपनि गएराति खोलामा ठूलो बाढी आउँदा पुल बगाएको छ ।

बर्षौ देखि फूर्शे खानीका बासिन्दा यो समस्या झेल्दै आएपनि त्यसतर्फ आजसम्म कसैको ध्यान जान नसकेको स्थानीयको गुनासो रहेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.