लगातारको बर्षाले सडकका विभिन्न ठाउँमा पहिरो गएपछि गुल्मीको शान्तिपुर फोक्सिङ्ग पुर्तिघाट सडक खण्ड अबरुद्ध ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी,पर्वत

लगातार को बर्षाले गुल्मी को शान्तिपुर फोक्सिङ्ग पुर्तिघाट सडक खण्ड अबरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ फोक्सिङ्ग र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजार सम्मको सडक अबिर बर्षाले अवरुद्घ भएको छ ।

sahani furniture udyog

लगातार तिन दिन देखि को भारी बर्षाले फोक्सिङ्ग पुर्तिघाट सडक खण्ड अबरुद्ध भएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थमन सिङ आले जानकारी दिए। आले दिएको जानकारी अनुसार उक्त सडकको विभिन्न ठाउँमा ठुलो पहिरो र कतै सडक नै पहिरोले भत्काएको छ। यो सडक हुदै पुर्तिघाट शान्तिपुर चल्लने सवारीसाधन पनि विभिन्न ठाउँ मा सडक अबरुद्ध हुदा चल्न सकेको छैन।एता कालीगण्डकी करिडोर गुल्मीको रुद्रवेणी हर्मिचौर सडक खण्ड पनि बर्षाका कारण अबरुद्ध रहेकोे छ ।

यदिबेला गुल्मीका दर्जनभन्दा बढी सडक कच्ची भएको र इन्जिनियर बीननै निर्माण गरेको कारण पहिरो जाने र विभिन्न बस्तीनै जोखिममा रहेको देखिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.