इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर द्वारा बिदाई,

0
Quantam abroad studies

प्रतिमा विश्वकर्मा / कृष्णनगर ,
कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेल लाई प्रेस क्लब ऑफ कृष्णनगर ले आज बिदाई गरेको छ ।

करीब १५ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी प्रमुख को पदमा रही कार्य सम्पादन गर्दै क्षेत्रमा शान्ति सुरक्षा संगै कोरोना भाइरस (कॉभिड-19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको प्रेस क्लब ऑफ कृष्णनगर का अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले बताउनु भयों साथै यस कपिलवस्तु जिल्ला को कृष्णनगर बसाई पश्चात ‘मुस्ताँग ‘ जिल्ला लाई आफ्नो कर्मथालो बनाउनु भएको प्रहरी निरीक्षक पौडेल लाई आफ्नो व्यक्तिगत तथा प्रेस क्लब ऑफ कृष्णनगर को तर्फ़ बाट शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेल ले आफू यस कृष्णनगर क्षेत्रमा करीब १५ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै , र आफूलाई सम्मान सहित बिदाई गरेकोमा यस प्रेस क्लब ऑफ कृष्णनगर लाई विशेष धन्यबाद गरेका हुन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.