कृष्णनगर प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ ।

0
Quantam abroad studies

कपिलवस्तु – ईलाका प्रहरी कार्यालय कृष्णनगर को टोलीले विशेष सुराकीको आधारमा चेक गर्ने क्रममा मंगलबार राती १०: १८ बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ बुद्ध आयल को सामुन्ने बाट सो परिमाणको अफिम बरामद गरेको छ ।

चन्द्रौटा कृष्णनगर तर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ बर्षकी सिता रोकालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको झोला बाट साढे ७ किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरि सो परिमाणको अफिम भेटिएको हो। रोका सगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० बर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाए को प्रहरी ले बताएको छ । बरामद गरिएको अफिम भारत पुर्याए पछिको अन्तरराष्ट्रिय बजार मुल्य १ करोड बढि पर्ने बताईन्छ ।

यश भन्दा पहिले यहीँ असोज ७ गते कृष्णनगर प्रहरीले ३७ केजी चरेस सहित २ महिलालाई पक्राउ गरेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.