

शत्रुघन खरविन्द ,
असोज १९ , कपिलवस्तु
सनशाईन सामाजिक विकास संस्था ले महामारीको समयमा निरन्तर राहत वितरण गर्दै आएको छ ।
राहत वितरण अन्तरगत आज वाड्गंगा नगरपालिका वडा न. ११ ओदारी मा. वि. ओदारी मा रहेका १० जना आपाङ्ग र सिद्धार्थ स्मारक मा.वि. भेलाई बुद्धभुमी नगरपालिका वडा न. १मा रहेका ११ जना अध्ययनरत आपाङ्गता भएका बालबालिका हरुका लागि राहत हस्तान्तारण गरेको हो।सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टू नेपालको संयूक्त साझेदारीमा संचालित परिर्वतनका लागि बालबालिका , युवा तथा समुदाय परियोजना अन्र्तगत यस्तो उदाहरणीय काम गर्दै आएको छ ।
संस्थाले २ वटा विद्यालय ओदारी मा.वि. ओदारी मा ५ क्यून्टल साभा चमाल ,६० के.जी अरहर दल लागएत अन्न तथा सिद्धार्थ स्मारक मा.वि. भेलाई मा ५ क्यून्टल ५० केजी चमाल , ६६ केजी आरहर दल लागएत खद्यानय हस्तान्तरण गरिए को शनसाईन सामाजिका विकास संस्था का कार्यकरी निर्देशक कृष्ण कुमार श्रेष्ठले जनकारी दिनुभयो । कपिलवस्तुको दुई वटा विद्यालय मा अध्ययनरत २१ जना आपाङ्गता भएका बालबालिकाहरु कोभिड १९ महामारीको समयमा होस्टेल मा रही खानाको लागि केही राहत होस् भन्ने उद्देश्यले राहत वितरण गरिएको संस्थाका अध्यक्ष तुलसीराम यादव ले बताउनु भयो ।
त्यसै गरी मायादेवी गाउँपालिका भित्र रहेका कक्षा ९ र १० मा अध्ययनरत ७८ दलित किशोरीहरु लाई स्वास्थ्य किट वितारण गर्ने कार्यक्रम रहेको परियोजना संयोजक दीक्षा तिवारीले जानकारी गराउनु भएको छ ।
यस कोभिड १९ महामारी चलिरहेको संक्रमणकालिन समयमा शुरु देखिनै गरिब, दलित विपन्न परिवारलाई सनशाईनले सरकार द्धरा जारी गरेको कोरोना भाइरस रोग ऐन २०२० मापडण्ड अनुसार आर्थिक सहयोग, खाद्यायन्न अन्नपात, तथा स्वास्थ्य सामाग्रीहरु निरन्तर वितरण गर्दै आइरहेको छ ।
त्यसै गरी यस भन्दा पहिले नाटुवा समुदायका लागि पनि भारी सहयोग गरेको थियो ।
