रुपन्देहीमा नेकपा र राप्रपा पार्टि परित्याग गरी १८ जना जनता समाजवादी पार्टीमा प्रवेश

0
Quantam abroad studies

उर्मिला यादव, रुपन्देही ,असोज २८

जनता समाजवादी पार्टी नेपाल रुपन्देही ले संगठन बिस्तार अभियानलाई निरन्तरता दिदै आएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका५ इम्लिहवाँ टोलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्ने १८ जनालाई आज बुधबार एक कार्यक्रमका बिच जसपामा प्रवेश गराइएको छ ।

उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, लगायतले पार्टीमा प्रवेश गराउनु भएको हो ।

यस्तै गरि आज बुधबार रोहिणी गाउँपालिका वडा नम्बर ५ इम्लिहवाँ टोलमा रोशन घर्तिको अध्यक्षतामा ९ पदाधिकारी सहीत ४१ सदस्यीय टोल समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा ज्ञानु घर्ति , अशोक हरीजन , हृदेश यादव , दान बहादुर घर्ति, चन्दा घर्ति सचिवमा राज कुमार घर्ति, सह–सचिव मा धनश्याम घर्ति , कोषाध्यक्षमा कुन्ती घर्ति रहनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.