“नयाँ युवा नयाँ सोच,नेपाल डडेल्धुरामा पनि गठन अध्यक्षमा देउवा”

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

डडेल्धुरा स्थित उग्रतारा वेद विध्याश्रममा खाध्यान्न सहयोग कार्यक्रमका साथ नयाँ युवा नयाँ सोच,नेपाल डडेल्धुरा जिल्ला इकाइ गठन भएको छ ।

कार्यक्रममा आफ्नो स्थापना काल देखि नै यस संस्थाले युवा, महिला तथा बालबालिका लाइ लक्षित वर्ग बनाइ मुख्य गरि ग्रामीण जिल्लाहरुलाइ केन्द्रविन्दु बनाएर शैक्षिक-बौद्दिक, खेलकुद, वातावरण-सरसफाइ तथा सामाजिक-न्यायीक गरि चार क्षेत्रमा रहेर कार्यक्रम हरु गर्दै आइरहेको छ।

जिल्ला इकाइ तथा प्रतिनिधि जिल्ला गरि हालसम्म देशका करिब तिन दर्जन जिल्ला सम्म पुगिसके को यस संस्थाको डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशको भने सातौँ जिल्ला इकाइ रहको केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैले बताए ।

गन्यापधुरा गा.पा. का नरेश देउवाको अध्यक्षतामा गठन भएको डडेल्धुरा इकाइमा तिन पालिका बाट हाल ११ जना कार्यसमिति सदस्य तथा ६ जना साधारण सदस्यहरु गरि १७ सदस्य रहेको र आगामी दिनहरुमा जिल्लामा आफ्ना कार्यक्रम हरु गर्दै जिल्लाका सम्पुर्ण स्थानीयतहहरु बाट इच्छुक सदस्य हरुलाइ जोडिने समेत इकाइ अध्यक्ष देउबाले जानकारि दिएका छन।

sahani furniture udyog

कोरोना माहाव्याधी ले आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रम हरु पछाडि धकेलिए पनि संस्था ले आफ्नो सकृयता नियमित राख्दै अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु तथा मनोरञ्जनका निम्ति हाजिरिजवाफ , साहित्यिक कार्यक्रम , संगितिक बसाई ,साथै कानुनी साक्षरता को कार्यक्रम समेत चलाइरहेको छ भने भर्चु अल माध्यम बाटै राष्ट्रव्यापी रुपमा वक्तृत्वकला, साहित्यकला, चित्रकला लगायतका प्रतियोगिताहरु पनि गरिरहेको छ । “परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र” भन्ने नाराका साथ २०७४ सालमा स्थापीत गैरलाभकारी तथा गैर राजनैतीक यस संस्था ले ‘देशको सचेत नागरिक को नेपाल सरकार तथा विभिन्न उध्योगी-व्यवसायी, शैक्षीक क्षेत्र लगायत सँग सहयोग लिएर ठुलाठुला नभएपनि आफ्नो बल बुद्दि र विवेकले भ्याए सम्मका साना तर परिवर्तनकारि कार्यक्रमहरु गर्दै आएको तथा निरन्तर गरिरहने’ बताउँछन् संस्थाका केन्द्रिय संयोजक बिनोद खत्री ।

कानुनी रुपमा सम्पुर्ण प्रकृयाहरुका साथ समबन्धित निकायहरु बाट अनुमती तथा आबद्दता लिएर काम गरिरहेको युवाहरुको यस सस्थाले सदाझैँ आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत नव गठित इकाइलाइ वधाइ तथा शुभकामना ज्ञापन गर्दै “नयाँ इकाइ गठन सँगै नयाँ पदाधिकारिहरु को आगमन ले संस्था को सकृयता अझै बढ्ने र साना तर महत्वपुर्ण परिवर्तनहरुका निम्ति युवाहरु ले सक्ने विभिन्न क्षेत्रमा टेवा पुर्याउँदै यो जटिल समयमा अझै युवाहरु को सकृयता को आवश्यकता भएका ले सोहि अनुरुप पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिँदै नयाँ कार्यक्रम हरु पनि थप्दै अघि बढ्ने बताएको छ” ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.