प्रदेश नं. २ शिक्षामा पहिलो र गरीबीमा दोस्रोे : नव नियुक्त मन्त्री श्रेष्ठ

0
Quantam abroad studies

विष्णुपुर , सिरहा
दशैं तिहारको अवसरलाई उपयोग गर्दै हाल नव नियुक्त बालबालिका तथा महिला विकास मन्त्री लिलानाथ श्रेष्ठ ले गरीबी न्युनिकरण नहुन्जेल महिला हिंसा नरुकने बताउनुभयो । मन्त्री श्रेष्ठले प्रदेश २ पहाडको तुलनामा विकासको हरेक दृष्टिकोण बाट सुगम,सम्तल उर्वर भुमि क्षेत्र रहदा रहदै शिक्षामा पहिलो र गरीबीमा दोस्रो स्तरमा रहेको बताउनु भयो । उहाँले यस स्तर बाट पछाडी परिनुको कारण पहिचान गरी अगाडी बढुनु पर्ने धारना राख्दै शिक्षामा विकास नहुन्जेल गरीबी न्युनिकरण नहुने र महिला हिंसा नरुक्ने बताउनु भयो । मन्त्री श्रेष्ठले आफु जनताको हरेक दु ःख पिडामा सहयोगकारी भुमिका निर्वाहगरेको भन्दै पहाडी समूदायको भएर पनि मधेश मा वसेर जनताको विश्वास र मत पाएर चुनाव नित्न सफल भएको विश्वास जताउनु भयो ।
उहाँले आफु नजिक पुगेको कोही कसैलाइ पार्टि नछुटयाई सहयोग गरेको कारण जनताले विश्वास गरेको दावी गरे। उहाँले सिरहाको सेरोफेरोमा विचार राख्दै भविष्यमा देशकै लागि कर्णाधार हुने युवाहरु ड्रग टयाब्लेट प्रयोग गरी नसामा रहेको चिन्ता व्यक्त गर्दे यसलाई सुधारको लागि सिरहाको गोल बाजारमा प्रदेश सरकार र केन्द्र सरकारको सहयोग बाट पाँच विगहामा सुधार गृह स्थापना गर्ने बताउनु भयो ।

सिरहाको नरहा गाउँपालिका वडा नं. ४ श्री जनता बनबाली नमूना माध्यमिक विद्यालय ( प्राविधिक ) बर्छावा , नरहामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नव नियुतm मन्त्री श्रेष्ठले आज देशमा ठुलो जिम्मेवारी पाएको महशुसगर्दे भने यसलाई कुशलता पुर्वक वहन गर्न सक्ने कि नसक्ने थप जिम्मेबारी वोध समेत भएको बताउनु भयो ।

उहाँले देशमा जम्ममा ३ राज्य मन्त्री लागाएत २५ वटा मन्त्री पद रहेको भन्दै हाल २२ मन्त्री मध्ये आफु पनि छनौट भइ एक मन्त्रीको जिम्मेबारी बहन गरिरहेको अवस्था गौरव र थप जिम्मेबारी रहको भन्नु भयो ।

sahani furniture udyog

उहाँले थप्दै भने हाल योग्य व्यक्तिहरु मन्त्री बन्न लाइनमा रहेको बेला आफु मन्त्री पाएको छु । गौरव महशुस भएको छ भन्नु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.