

उत्तम कुमार थापा , बझाङ
दशै नजिकिँदै गएको छ । सबैलाई रमाउने राम्रो लुगा लगाउने रहर हुन्छ । गाउँघरमा सबै राम्रो खाने र राम्रो लुगा लगाउने गर्छन् । यसै समयमा मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा बझाङ ले जिल्लामा रहेका एक दमै बिपन्न अनाथ असहाय आमाबुवा बिहिन बालवालिकाहरु लाई एक एक जाेढ लुगा वितरण गरेको हाे ।
कार्यक्रममा बाेल्दै शान्ति महत जाग्रि ले भने, हामीले दशैकाे समयमा न्यानो कपडा वितरण गरेका छाै । जिल्लामा अन्यकाे सँग्रक्षेणमा रहेका बालबालिकाहरुलाई एक कार्यक्रमका विच वितरण गरेकाे सीता खड्काले बताए । मेचि महाकाली बुहारी सयुक्त अभियान ले चालेकाे अावाजलाई सुईकार गर्ने विभिन्न निकायलाई र सहयाेगि हातहरुलाई धन्यवाद दिनुभएको छ ।
अावाज सुन्दै सहयाेग गर्नेमा , नेपाल रेडक्रस सोसाइटी ,ज्योति लाइफ इन्स्योरेन्स डडेल्धुरा ,डा.डबल ब धामी,पुर्ण ब खड्का , हिरेन्द्र छत्याल , दान ब सुर्मेली , साथिभाई हाते हाेजियारीका प्रमुख दशरथ जप्रेल, नर ब बोहरा लगायत सबै सहयोगी दाताहरुलाइ हार्दिक आभार व्यक्त गर्दछौं ।
पिडित को पीडा हाम्रो आवाज सहयोगी मनहरु को साथ सहयोग माया सद्भावले भोलिका दिनमा दुःखीको सहयात्री बन्न प्रतिबद्धता छौ भन्ने नारालाई मनन गर्दै अागामी दिनमा यसरी सहयाेग गर्ने उहाको भनाइ छ । मेचि महाकाली बुहारी सयुक्त अभियानले २० जना बालबालिकालाई न्यानाे कपडा वितरण गरेको बताएको हाे ।


