बालुवामा पानी हालेर धान फलाउन नखाेज्नु,सँयाेजक महर ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

अनेरास्ववियुका केन्द्रीय सँयाेजक ऐन महर यतिबेला बझाङमा पुग्नुभएकाे छ ।

नजिकिँदै गरेको विजया दशमी तथा शुभदिपावलीकाे पावन अवसरमा गृह जिल्ला बझाङमा पुगेका अनेरास्ववियुका केन्द्रीय सँयाेजक रहनुभएका ऐन महरलाई अनेरास्ववियु बझाङले स्वागत गरेको हाे ।

अाज एक कार्यक्रमका विच शुभकामना अादानप्रदान कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रहनुभएका महरले सबैलाई शुभकामना दिदै अहिले अनेरास्ववियु काे देश व्यापिरुपमा कमिटी गठन भैईरहेकाे बताए । उनले भने ,बझाङमा पनि टुङ्गो लागेको भन्दै बधाई दिदै भने , बालुवामा पानी हालेर धान फलाउन खाेज्नु मुर्खता भएको दावी गरे , जिल्लामा अनेरास्ववियु गठन पछि चर्को अालाेचना भएको देखिन्छ ।

महरले आफ्नाे सामाजिक सञ्जालमा भनेका छन विधिविधान पुर्वक कमिटी गठन गर्नुपर्नेछ । उनले दावि गरे सबै नियम अनुसार भएको भन्दै केही असन्तुष्टि जनाउने साथिहरुलाई प्रदेश केन्द्रमा राख्न सकिने बताउदै सधैं एकै स्थानमा बस्न खाेज्नेकाे प्रगति नहुने पनि बताए ।

अनेरास्ववियु केन्द्रीय सँयाेजक ऐन महरले भने,जिल्लामा स्थान नपाएका साथिहरुलाई प्रदेश र केन्द्रका राख्ने भन्दै आक्रासमा नआउन दावि गरे , सँग सँगै कसैले असन्तुष्ट व्याक्त गर्दै समानन्तर कमिटी बनाउन काेजे अमान्य हुने र यस्तो कदावि नहुने यदि कसैले यस्तो गरे समय अनुसार उत्तर दिने महरकाे भनाइ थियाे ।

आज भएको शुभकामना आदानप्रदान कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी सदस्य प्रविन धामी काे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सँयाजक ऐन महर र बिशिस्ट अतिथि नेपाल कम्युनिस्ट पाटि नेकपा जिल्ला अध्यक्ष मीन बहादुर कुवर मेयर विरेन्द्र खड्का लगाएतकाे उपस्थिती रहनुभएकाे थियाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.