

कपिलवस्तु , कार्तिक ४
जिल्लाको कृष्णनगरमा नगरपालिका वडा नं. २ लिङकगेटमा डिउटिमा खटिएको प्रहरी टोलीले नेपाल भारत आबत जाबत गर्ने मानिसहरु को नियमित चेकजाँच गर्ने क्रममा एक ब्यक्ति बाट ३ केजी अफिम फेला पारेको छ ।
नेपाल बाट भारत तर्फ पैदल हिडी जाँदै गरेका ब्यक्तिका संग सोधपुछको क्रममा रुकुम जिल्लाको पश्चिम वाफिकोट गा.पा. वडा नं. ८ दुली भएको अन्दाजी ३५ वार्षिय लाल बहादुर खत्री नामका ब्यक्ती ले बोके को झोलामा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको उक्त अफिम फेला परेको हो । झोलामा लुकाइराखे को अबस्थामा ६ प्याकेट को पोकामा ३ किलो लागु औषध अफिम फेला परेको हो ।
लागु औषध फेला परेपछि ति ब्यक्ति संग सोधपुछ तथा शरिर खानतलासी गर्ने क्रममा लाले भन्ने लाल बहादुर खत्री ले प्रहरी टोलिलाई धक्का दिई सो ठाँउ बाट भारत तर्फ भागेका थिए । भाग्ने क्रममा प्रहरी टोली ले खत्री को पिछा गर्दै जाँदा खत्री नेपाल भारत सिमाना दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलि ले तिनलाई नियन्त्रणमा लिएको छ ।

भारतीय संचारकर्मि अनुसार भारतीय सिमा सुरक्षा बलले खत्री को शरिर चेकजाँच गर्दा कम्मरको भागमा बाँधी लुकाई छिपाई राखेको अबस्थामा लागु औषध अफिम फेला परेको हुँदा भारतीय सुरक्षा बल ले खत्रीलाइ नियन्त्रणमा लिएको छ।
यसैगरी नेपाल प्रहरी ले फेला पारेको लागु औषध अफिम को बारे अनुसंधान भैरहेको जानकारी प्राप्त भएको छ ।




