२२ के.जी सुन काण्डको एक पछि अर्को खुलासा

0
Quantam abroad studies

इरफान अली , बिरगंज , कार्तिक ३

जिल्ला प्रहरी कार्यालय पर्सा ले बीरगंज को रेशमकोठि बाट पक्राउ गरेको २२ के.जी ५७६ ग्राम सुन र चाँदि प्रकरणको नया खुलासा भएको छ । बीरगंज महानगरपालिका वडा नं. ५ रेशमकोठि स्थित श्रीगणेश अपार्टमोन्टमा बस्दै आएका अशोक सिन्हाको प्लाट बाट पर्सा प्रहरी ले २२ के.जी ५७६ ग्राम सुन सहित केहि चाँदि को भाडा र गहना बरामद गरेको थियो ।

अशोक सिन्हा भने आफ्नो कोठामा उपस्थित थिएनन भारतीय नागरिक अशोक सिन्हाका छोरा शुसान्त सिन्हाले एक अडियो सार्वजनिक गरी काण्डमा परिवारका केहि कसैको पनि संलग्नता नरहेको उल्लेख गदै आफ्ना बुवा दुई वर्ष देखिको मेदान्त अस्पतालमा उपचार गराई रहेको दावी गदै शुसान्त सिन्हा ले प्रहरी ले पक्राउ गरेको सुन र चाँदिको गहना र भाडा दुई वर्ष अगाडि काठमाण्डौ सागर त्यागी संग खरिद गरेको दावी गरेका छन् ।

sahani furniture udyog

सुन प्रकरणमा आफ्नो परिवारका कुनै पनि सदस्यहरुलाई नमुच्छन आग्रह गर्दै शुसान्त सिन्हा ले आफ्ना पिता अशोक सिन्हा १५ वर्ष अगाडि परिवारबाट अलग भएर बसेको बताउदै सुन काण्डमा काठमाण्डौ को ठुला मानिसहरु को संलग्नता रहेको पनि आरोप लगाएका छन् अशोक सिन्हा को छोरा शुसान्त सिन्हा को पछिल्ला भनाई ले २२ के.जी सुन प्रकरणले नया मोड लिएको छ ।

प्रहरीले थप अनुशन्धान गदै जाने हो भने थप प्रमाण फेला पर्न सक्ने छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.