देशलाई द्वन्द्वको भुँवरीमा न धकेल्न नेकपाको जोडदार चेतावनी

0
Quantam abroad studies

काठमान्डौं/कार्तिक ३
नेपाल कम्युनिष्ट पार्टीले आज एक बक्तब्य निकाल्दै सरकारको जनस्वास्थ्य प्रति को खेलबाड, सांसदहरुको दशैभत्ता र शान्ति पूर्ण संयुक्त आन्दोलन माथि दमन गर्ने खाल को सरकारी धम्की को जोडदार बिरोध जनाएको छ । पार्टीका संह–संयोजक लोकनारायण सुबेदीले दिएको

बक्तब्य यस प्रकार छ :
१. नेपाल सरकार ले जनता कोरोनाका कारण बिमारी परेमा त्यसको जिम्मा नलिने र जनताले आफै उपचार गर्नु पर्ने जस्तो जुन घोर अमानबीय र जनबिरोधी तथा संबिधानको धारा ३५ बिपरीत को निर्णय सार्बजनिक गरेको छ त्यसप्रति नेपाल कम्युनिष्ट पार्टी ले घोर आपत्ति जनाउँदै त्यसको तीब्र निन्दा र भर्त्सना गर्दछ । साथै जन स्वास्थ्यमा खेलबाड नगर्न , यस सम्बन्धि सर्बोच्च को परमादेश को सम्मान गर्न तथा जनताको बाच्न पाउने अधिकार र स्वास्थ्योपचारको पूर्ण जिम्मेवारी लिन तथा त्यसलाई अझ प्रभावकारी बनाउन नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।

२. सरकार ले एकातिर जनताको बच्न पाउने अधिकारमाथि नै खेलबाड गर्दै उपचार बाट पञ्छिने, आम जनता भोक र रोगले आच्छु आच्छु परेको बेला उनीहरुका समस्यालाई बेवास्ता गर्दै सांसदलाई गैर कानुनी किसिमले दशैंभत्ता बितरण गर्ने जस्तो कार्यको निन्दा गर्दै सांसदलाई बितरण गरेको सम्पूर्ण दशै भत्ता फिर्ता गर र त्यसलाई जनताको उपचार कोषमा दाखिला गरी जन स्वास्थ्यमा लगाऊ भन्ने जोडदार माग नेपाल कम्युनिष्ट पार्टी गर्दछ ।

३. नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण आन्दोलनमा कार्यगत एकता गरेर अघि बढ्न थालेका राजनीतिक दलहरुलाई दमन गर्ने र द्वन्द्व निम्त्याउने जस्तो कुरा गृहमन्त्री रामबहादुर थापा बादल ले प्रहरी दिवसका दिन जुन ब्यक्त गरेका छन् त्यो घोर आपत्तिजनक र षडयन्त्रपूर्ण छ । देशमा ब्याप्त भ्रष्टाचार, चर्को महँगी , बढ्दो बाह्य हस्तक्षेप , एमसीसी जस्तो राष्ट्रघाती सम्झौता , जनतन्त्र माथि को हमला र कष्टकर जनजीबिका सम्वन्धमा संयुक्त बिरोध प्रदर्शन गर्न लागेका दलहरुलाई धरपकड र दमन गर्न प्रहरीलाई उक्साउने धम्कीपूर्ण भाषा प्रयोग गरेर गृहमन्त्री स्वयंले संबिधानको घोर उल्लंघन गरेको र जनताले शान्तिपूर्ण तरीकाले भेला, सभा प्रदर्शन, बिरोध आदि गर्न पाउने संबैधानिक अधिकारको धज्जी उडाएको औंल्याउँदै यस्ता दमनकारी कदम चालेर देशलाई द्वन्द्वको भुँवरीमा न धकेल्न पनि नेपाल कम्युनिष्ट पार्टी जोडदार चेतावनी दिन चाहन्छ ।

लोकनारायण सुबेदी
सह–संयोजक
नेपाल कम्युनिष्ट पार्टी
२०७७ कर्तिक ३

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.