शुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न वनदेवी को मन्दिर समेत निर्माण गर्ने योजना ।।

0
Quantam abroad studies

शत्रुघन खरविन्द
कार्तिक ८ । कपिलपवस्तु
आज बुद्धभुमि नगरपालिका वर्डा नम्बर १० स्थित ईलाक वन कार्यालय बडहरा बिट अन्तरगत चेतरादेई मा बडा दशैँको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना अदान प्रदान कार्यक्रम सगैँ वनदेबी को पुजा पनि गरिएको थियो । ८ वटा सामुदायिक वनहरुको संजालले आयोजन गरेको कार्यक्रममा वन देवी को पुजा र शुभकामना अदान प्रदान भएको हो ।

सामुदायिक वन संजलक अध्यक्ष लाल बहादुर कुवँर को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा पुर्व सहायक वन अधिकृत मौजी लाल पटेल रहनु भएको थियो । कार्यक्रम मा स्थानिय संघ संस्था का प्रतिनिधि ,समाज सेवी, सामुदायिक वनका प्रतिनिधि तथा वन कर्मचारी को सहभागित रहेको थियो । कार्यकममा वनदेवी को मन्दिर समेत निर्माण गर्ने योजना बनाईएको छ ।

त्यसमा सहयोग गर्न समाजसेवी परशुराम यादव , रामसेवक यादव , तुलसी राम यादव र राघबेन्द्र खरविन्द लगाएत ले प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.