दशै संगै जिल्लाका किसान धान भित्र्याउन ब्यस्त हार्भेस्टरलाइ भ्याइनभ्याई

0
Quantam abroad studies

धनीराम कोरि , कार्तिक ९ , कपिलवस्तु
जिल्लाको अधिकान्श भागमा दशै संगै धान काटने चटारो लागेको छ। धान बालि तयार भएपछि धान काटने आधुनिक मेसिन हार्भेस्टर ले तीब्र रुपमा धान काटने काम चलिरहेको छ । पशु पालन गर्ने किसान ले हातले परम्परागत रुपमा धान काटि खलियानमा ल्याइ दाउने गरेतापनि अचेल धेरै मात्रामा किसानहरु ले धान काटन हार्भेस्टर को प्रयोग गर्ने गरेको पाइएको छ ।

यस मेसिन बाट धान काटदा निकै सजिलै कम समयमा धेरै मात्रामा धान भित्र्याउन सक्ने हुँदा किसान ले हार्भेस्टर रुचाउने गरेका छन् । हार्भेस्टर ले तुरुन्त धान र पराल अलग गर्ने हुँदा किसान ले दाउने र ओसाउने प्रक्रिया बाट छुटकारा पाएको ले आफुहरु हार्भेस्टर को प्रयोग गर्ने गरेको महराजगन्ज स्थित औरहवा गाउँको एक किसान ले बताएका छन् ।

यस्तै खेतमा धान काटाइ रहेका एक किसान अनुसार मान्छे राखेर धान काटि घरमा भित्र्याउदा सम्म धेरै महँगो पर्ने गरेको छ भने हार्भेस्टर ले कम समयमा धेरै मात्रामा धान काटि घरमा भित्र्याउन सकिन्छ ।

sahani furniture udyog

यसैगरी धान काटने सिजन शुरु भए पस्चात हार्भेस्टरहरुलाइ धान काटन भ्याइनभ्याई भएको छ भने किसानलाइ यसपालि हार्भेस्टर पाउन अलिक गार्हो भएको छ । कोरोना महामारी ले गर्दा भएको लामो लकडाउन ले गर्दा बन्द रहेको नेपाल भारत सिमले गर्दा यस पालि भारत बाट धान काटने हार्भेस्टर आउन असकेको हुँदा यसपालि हार्भेस्टर को अभाव हुने संभावना रहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.