

कपिलवस्तु , १० कार्तिक
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा न ं ६ जिगना चाैराहा मा राम जानकी मन्दिर काे संसद अभिषेक प्रताप शाह द्वारा शिलान्यास गर्नु भयो ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद अभिषेक प्रताप शाह ले विजया दशमी का दिन पुजा पाठ गरेर राम जानकी मन्दिर काे शिलान्यास गर्नु भयो ।
विजया दशमी का दिन कुनै पनि शुभ कार्य काे सुरुवात गर्न काे लागि उत्तम (राम्रो ) रहेको हुनले राम जानकी मन्दिर काे शिलान्यास आज गरिएको छ ।
यस वर्ष बिश्व नै कोरोना संक्रमण बाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट आफु बाचाै र अरुलाई बचाउन का लागि संसद अभिषेक प्रताप शाहले अनुरोध समेत गर्नु भयो ।
शिलान्यास कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद र नेपाल कंग्रेस पार्टीका केन्द्रीय सदस्य अभिषेक प्रताप शाह , प्रदेश सभा सदस्य र सामाजिक विकास समिति का सभापति दीर्घ नारायण पाण्डे , पुर्व समाजवादी पार्टीका केन्द्रीय सदस्य राम वर्ण यादव , महाराजगन्ज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चाैधरी , साधुसन्त लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियोे ।


