मधेस इन्जिनियर्स एसोसिएसनद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

0
Quantam abroad studies

नविन यादव , सप्तरी , कार्तिक ११

जिल्ला स्थित साह सेवा सदन राजबिराज-४ को सभा हलमा मधेसइन्जिनियर्स एसोसिएसनको केन्द्रिय कार्यालय राजबिराज ले बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा संस्था को अध्यक्ष सन्जिव नारायण यादव को अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको भएको छ।

आज मंगलबार राजबिराज स्थिति साह सेवा सदनको हलमा बडा दशैं , शुभ दिपावली तथा छठ पर्वको अवसरमा एमइए द्वारा सुख , शान्ति र समृद्दीको कामना गर्दै शुभकामना ब्यक्त गरिएको छ।

sahani furniture udyog

कार्यक्रमको प्रमुख अतिथिमा समाजिक बिकास मन्त्री नवल किशोर साह रहेका थिए भने अतिथिहरुमा राजबिराज नगर प्रमुख शम्भु यादव , जसपा नेता मनिष सुमन , माननीय नेत्र बिक्रम साह , एमइएको केन्द्रिय सल्लाहकार हरिशंकर प्रसाद साह , सुर्य नारायण यादव , जसपा युवा नेता सत्येन्द्र यादव लगायतका ब्यक्तित्व उपस्थित रहेका थिए । कार्यक्रम को उद्घोषण तदर्थ नारायण दासले गर्नुभएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.