सुर्मा गाउँपालीकामा सभामुख थापालाई २५ केजीकाे मालाले सम्मान ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा लाई २५ केजी काे मालाले सम्मान गरिएको छ ।

जिल्ला काे सुर्मा गाउँपालीका वडा नम्बर एक सुर्मामा भव्य स्वागत गरिएको हाे । थापालाई यसअघि सुर्माकाे पटिउडीमा ८ केजिकाे माला ले सम्मान सँगै अाज एक कार्यक्रमका विच, सभामुख थापालाई स्थानीय बासिन्दाहरुले स्वागत गर्नुका साथै नेपाल कम्युनिस्ट पाटी गाउँपालीका ईन्चार्ज लाेकेन्द्र हिलारी, सह ईन्चार्ज गाेरख बाेहरा, कलक विक,सुरेन्द्र बाेहरा, नेकपाका युवा नेता सुवास बाेहराकाे टाेलीले पच्चीस केजी माला सहित भव्य स्वागत गर्नुभएको थियाे ।

sahani furniture udyog

दाैलिचाैर माध्यामिक विद्यालय काे प्राङ्गणमा शुभकामना आदानप्रदान कार्यक्रममा सुरुभएकाे हाे । सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा यतिबेला गृह जिल्लामा अाएर प्रत्येक्ष गाउँघरका समस्या बुझ्ने हेतुले विभिन्न बस्ती सँगसँगै दाैलिचाैर पुग्नुभएकाे हाे । सुर्मा पुगेका थापाले भने,अब सुर्मा काे विकास बारे सबै एकजुट भएर अगाडि बढ्नुपर्ने र याहाकाे सुर्मा सराेवर साईपाल हिमाल र याहाकाे शैक्षिक गुणस्तर अगाडि बढाउन स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकार स्थानीय बासिन्दाकाे हातेमालो हुनुपर्ने बताए ।

सुर्मा गाउँपालीका काे बिकास सम्वन्धि बाेल्दै गाेरख बाेहराले भने, अहिले धेरै विल भर्पाई मिलाएर खाने प्रचलन रहेकाे हुदा यसलाई अनत्य गर्नुपर्ने दावी गरे, अहिले देश सँघिय सँग्रचनामा गैईसकेपछि जनताको जनमतको कदर गर्नुपर्ने भन्दै, सबैलाई अगाडि बढ्ने अठाेट गरेका थिए । अहिले काेरनाकाे कलह भए सँगै सबैलाई सचेत भएर अगाडि बढ्न अनुराेध गरिएकाे हाे ।

बझाङ जिल्ला काे विभिन्न स्थानमा घुम्दै अाएका सभामुख अर्जुन थापा ले भने, अहिले म सुदुरपश्चिम प्रदेशको सभामुख भएको समयमा सबै विद्यालयहरुलाई शैक्षिक गुणस्तर अगाडि बढाउने भन्दै अहिले बिकास चारैतिर भएको तर जति हुनुपर्ने हाे त्यति हुन नसकेको थापाकाे भनाइ रहेको थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.