रन्जन माथीको गोलि प्रहार विरुद्ध राजबिराजमा समाजवादी विद्यार्थी को बिरोध प्रदर्शन

0
Quantam abroad studies

नवीन यादव , कार्तिक १४
राजबिराज , सप्तरी

जिल्लाका भारतीय दक्षिणी नाका को छेउछाउमा बस्ने आम नेपालीहरु सिमापारी को बजार बाट दिनहुँ घरपरिवारको निमित्त खाद्य बस्तु र आवश्यक दैनिक उपभोग समान सन्तुष्ट दरमा पाउने भएकाले किनेर ल्याउने गरेको सर्बबिदितै छ । यसै उदेश्यका साथ गत कार्तिक १२ गते बारा जिल्ला को स्वर्ण गाउँपालिका स्थित प्रहरी चौकी को प्रहरी ले १० के . जि . प्याज साइकलमा बोकेर आउदै गरेको अवस्थमा १२ बर्षिय रन्जन कुमार यादव माथी गोलि प्रहार गरि गम्भीर घाइते बनाए को घटना को बिरोधमा प्रदर्शन भएको छ । त्यो घटना प्रहरीको दमन र ज्याजति भएको बताउदै राजपा र सपा निकट समाजवादी विद्यार्थी युनियन सप्तरी द्वारा जसपा विद्यार्थी नेता शम्भु यादव को अध्यक्षता राजबिराजमा बिरोध प्रदर्शन गरेका छन् ।

राजबिराजको शिव मन्दिरको प्राङ्गण बाट तत्कालीन राजपा र समाजवादी पार्टीको विद्यार्थी संगठन परिवर्तित समाजवादी विद्यार्थी युनियनको अगुवाईमा निकालिएको बिरोध र्याली दर्शन चोकमा गएर कोण सभामा परिणत भएको हो ।

sahani furniture udyog

करिब ८० देखि १०० जनाको उपस्तिथिमा सम्पन्न भएको उक्त कार्यक्रम को संचालन समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्यामकुमार यादवले गरेका थिए भने कार्यक्रममा बोलदै समाजवादी युवा को अध्यक्ष शिवशंकर यादव , अनिल साह, बिकास यादव, विशाल यादव, राहुल राय, सत्येनद्र यादव, रंजित साह, कमल साह लगायतका युवा नेताहरु कार्याकर्ताले आफ्नो बक्तब्य राखेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.