शनिबार बहादुरगन्ज क्षेत्रमा दिनभरि लाइन कटौति हुने

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक १४

कार्तिक १५ गते शनिबारका दिन बहादुरगज क्षेत्रमा दिनभरि लाइन कटाैति हुने भएको छ । कृष्णनगर चन्द्रौटा सडक खण्ड बिस्तार कार्यको लागि बिधुतिय पोल सार्न पर्ने कार्य गर्नुपर्ने हुँदा कृष्णनगर बितरण केन्द्र अन्तर्गत ११ के. भि. बहादुरगन्ज फिडरबात बितरित लाइन कटौति हुने भएको छ। बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म लाइन कटौति हुने नेपाल बिधुत प्राधिकरण कृष्णनगर बितरण केन्द्र ले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यस लाइन कटौति बाट बहादुरगन्जको कृषि समाग्रि देखि अँखा अस्पताल सम्म गणेश पलाइ , ठुलो चोक , शिवराज अस्पताल , बिजयनगर गाउँ , सिसहनिया , जय अम्बे रोड , बहादुरगन्ज चोक देखि पुर्ब हुलाकी रोड लगायत आधा बहादुरगन्ज क्षेत्र प्रभावित हुने बताइएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.