शिक्षा भन्दा ठूलो सम्पत्ति केहि न रहेको: नगर प्रमुख शाह

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु , कार्तिक २१

शिक्षा भन्दाठूलो सम्पत्ति केहि नरहेको कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भएको छ। जिल्ला को कृष्णनगर नगरपालिकामा सञ्चालित उडान कक्षाका बालिकाहरूलाई साइकल वितरण कार्यक्रममा नगर प्रमुख शाहले यस्तो बताउनु भएको हो।

उडान छोरी शिक्षा ले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने शाह ले विश्वास व्यक्त गर्नुभएको छ।
उडान बालिका कक्षा शिक्षा ले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्य तर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको उहाँले बताउनु भएको हो। “छोरी शिक्षित भएपरिवार सहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदाय को कल्पना गर्न सकिन्छ” नगरप्रमुख शाहले भन्नु भयो। शिक्षा भन्दा ठूलो पुजी केहि न रहेकोले बालिकाहरु लाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन नगर प्रमुख शाहले अभिभावकहरुसँग आग्रह समेत गर्नु भएको छ । कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपाल को संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका १ सय ५६ बालिकालाई आज साइकल वितरण गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरे ले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताउनु भएको छ । उनीहरुलाई साइकल बाट विद्यालय आवतजावतमा सहज पनि हुने उहाँले बताउनुभयो ।

sahani furniture udyog

विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरु लाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको संयोजक घिमिरेले बताउनुभयो ।

कार्यक्रममा बिभिन्न उड़ान कक्षा बालिका , सुदिप मौर्य, अमर श्रीवास्तवन , लगायतको उपस्थिति रहेको भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्र को सञ्चालनमा सम्पन्न भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.