एक दिने अँखा शिविर सम्पन्न २ सय जनाको निशुल्क चेक जाँच तथा औषधी बितरण ।

0
Quantam abroad studies

कपिलबस्तु , कार्तिक २१

जिल्लाको शुद्धोधन गाउपालिका वडा नं. ६ मा शुक्रवार १ दिने निःशुल्क अँखा शिविर सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका वडा नं. ६ कोे सहयोग तथा रण अम्बिका अस्पताल भैरहवा को समन्वयमा आयोजित शिविरमा बिपन्न , गरिब , असहायले लाभ पाएका छन्। वडा कार्यालय को सहयोगमा सम्पन्न भएको उक्त शिविरमा २ सय जनाको अँखा चेकजाँच गरि निशुल्क औषधी बितरण गरिएको शुद्धोधन गाउपालिका वडा नं. ६ का वडाध्यक्ष बिजय बहादुर यादव ले बताउनु भएको छ ।

जिल्लाका सिमावर्ती क्षेत्रबाट अँखा चेकजाँच गराउनेबिरामीहरु बढी आउने भएकोले उक्त शिबिरलाई आगामी दिनमा फेरि पनि आयोजना गरिने वडाध्यक्ष यादव ले जानकारी गराउनु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.