धानको समर्थन मुल्यको माग गर्दै कपिलवस्तु किसान संघ ।

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक २५ ।
नेपाल सरकारले निर्धारण गरेको धानको मुल्य कपिलवस्तुका किसानले नपाउदा कपिलवस्तु किसान संघ ले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापननपत्र बुझाएको छ ।

नेपाल सरकार ले निर्धारण गरेको मुल्यमा मोटा धान २७३५ र मसिनो २८८५ प्रति क्विन्टल रहे पनि किसानहरुले बाध्य भएर १८०० देखि २००० सम्म बेच्ने गरेको र खर्च तथा पल्लवदारी को नाममा समेत १५ रुपैयाँ क्विन्टलको दिनुपर्ने हुँदा सोको बिरोध गर्दै अतिरिक्त रकम असुली बन्द गर्न र सरकार ले तोकेको समर्थन मुल्यमा कारोबार गर्ने ब्यवस्था मिलाउन अग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

जिल्ला प्रमुख अधिकारीलाई पत्र बुझाउदा कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरी ले यदि यो बिषयमा चासो दिएन भने कडा संघर्षमा उत्रिने बताएका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.