बझाङ कारागार बाट कैदि फरार हुदा सुरक्षामा चुनाैती

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
बझाङकाे जिल्ला कारागार बाट एकजना कैदी फरार भएका छन् । बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागार बाट छविस पाथिभेरा गाउँपालिका- ५ का प्रवीण धामी फरार भएका हुन् ।

राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धको कसुरमा सजायभोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्ष बाट फरार भएकाे बझाङ कारागारका जेलर झलक रोकायाले जानकारी दिए ।

धामीलाई कोरोना पाेजिटिभ देखिएकाेले कारागारको आइसोलेसन कक्षमा राखिएको थियो । उनी १८ कात्तिकमा पक्राउ परेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.