शत्रुघन खरविन्द , कार्तिक २७ , कपिलवस्तु
किशोरिहलाई आत्मरक्षाका सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजना , एम्पलीफाई चेन्ज को सहयोग र शुद्धोधन गाउपालिका को समन्वयमा किशोरीहरुका लागि किशोरी सशक्तिकरण ३ दिवसिय तालिम राजापानीमा सम्पन्न भएको हो ।
किशोरीहरुलाई विशेष गरी कहाँ , कहिले, र को वाट हिसांमा पर्न सक्छन ? र आफू हिसांमा परेको कुरा कसरी थाहा पाउने? र आफ्नो सुरक्षा कसरी गर्ने ? भन्ने विषयमा जानकारी तथा अभ्यासहरु गराईएको थियो । किशोरीहरु ले आफनो आत्मरक्षाका लागि तालिममा ३ दिन सिकेका कुराहरुको डेमो प्रर्दशन पनि गरेका थिन। आफू मात्र नभई आफ्नो गाउँघर , समुदायका अन्य किशोरीहरुलाई पनि सुरक्षाका उपाएहरु सिकाउने तालिम मा सहभागी किशोरिहरुले प्रतिवद्धता जनाएका छन ।
किशोरीहरुको आगामी दिनको सफलताको सुभकामना सहित कालिका स्वावलम्वन सामाजिक केन्द्रका उपाध्यक्ष रामेन्द्र सिहं रावल ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शुद्धोधन गाउपालिकाका अन्य किशोरीहरुलाई पनि सशक्तिकरण तालिम संचालन गर्ने र किशोरीहरु को क्षेत्रमा धेरै नै काम गर्ने जानकारी गराउदै आफनो पालिकालाई नमूना गाउपालिका वनाउने शुद्धोधन गाउपालिका अध्यक्ष निसार अहमद खाँ प्रतिवद्धता जनाउनु भएको छ।किशोरीहरु कही पनि र कहिल्यै पनि हिसां नपरोस र परिहाल्यो भने पनि आत्म सुरक्षा गर्न सकुन भन्दै कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष अन्जु शर्मा ले उज्ववल भविष्यको कामना गर्नु भएको छ ।
तालिम संस्था की अध्यक्ष अन्जु शर्माको अध्यक्षता, शुद्धोधन गाँउपालिका अध्यक्ष निसार अहमद खाँको प्रमुख आथित्यता मा कार्यक्रम सामापन भएको हो । निरज न्यौपाने र निकेश तामाङ्गले ३ दिन तालिमको प्रशिक्षण गरेका थिए ।
तालिममा शुद्धोधन गाउँपालिका २३ जना किशोरीहरु को सहभागिता रहेको थियो भने तालिम संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाको स्वागत तथा परम्परागत नकारात्मक धारणा विरुद्ध बालिकाको अधिकार परियोजना प्रबन्धक शान्ता पौडेलको संचालनमा सम्पन्न भएको छ ।