छाडा चौपायाको संख्या बढदै , दुर्घटनाको सम्भावना बढी

0
Quantam abroad studies

राजकुमार चमार , कार्तिक २७

कपिलवस्तु शुद्धोधन गाउँपालिका भित्र विभिन्न स्थानमा छाडा गाइगाेरुहरु ले स्थानीयलाई दु:ख दिइरहेका छन्। छाडा गाई गाेरुहरुले किसानका धानबाली र तरकारी खेतीलाई सखाप पर्दै आएका स्थानीयहरु काे गुनासो रहेको छ ।

sahani furniture udyog

लबनी चौक भित्र दिन प्रति दिन सडकमा छाडा चौपायाको संख्या बढ्दै गइरहे सँगै सडकमा सावरी चालक तथा पैदल यात्रीलाई समेत समस्या हुन थालेको हो। छाडा चाैपाया का कारणले सवारी दुर्घटना बढी हुन सक्ने स्थानीय बासिन्दा तथा स्थानीय सुरक्षा कर्मीहरुले बताए का छन्।तौलिहवा लुम्बिनी सडकखण्ड लगायत अन्य बाटोमा समेत छाडा गाइगोरूका कारण दुर्घटनाको संभावना प्रबल रहेको छ।गाउँ गाउँमा ट्रकटर बाट खेतीपाती हुन थाले पछि किसानका लागि गोरु र दुध दिन नसक्ने गाइ प्रयोग बिहिन भएको कारण विभिन्न ब्याक्ती ले त्यसता गाइगोरूलाइ पाल्न छोडि छाडा छोडने गरेको एक किसान ले बताएका छन् ।

शुद्धोधन गाउँ पालिका को लबनी , हर्दिहवा , गुलरी र सिसहानीया गाउँ लगायत का अन्य गाउँ ठाउँमा छाडा गाई गाेरुहरुले किसानलाई हैरान पारी रहेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.