नेपाल विश्व हिन्दु महासंघ कपिलबस्तु द्वारा भेटघाट तथा शुभकामना आदान प्रदान ।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु

नेपाल विश्व हिन्दु महासंघ कपिलबस्तु द्वारा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।आज जिल्लाको बिभिन्न नगरपालिकामा शुभकामना आदान प्रदान गरिएको हो ।

जिल्लाको महराजगंज , शिवराज र बुद्धभूमि नगरपालिका को विभिन्न वार्डमा स्थापित लक्ष्मी भवानीको दर्शन गरी शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको नेपाल विश्वहिन्दु महासंघ कपिलवस्तुका जिल्ला प्रबक्ता लोकराज मिश्रले जानकारी दिनुभएको छ ।

नेपाल विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका प्रदेश महासचिव निरञ्जन यादवले हिन्दू धर्मावलंबी ले मनाउने महत्त्वपूर्ण चाड शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । महासचिव ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरू मा महत्त्वपूर्ण चाड शुभ दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । प्रदेश महासचिव यादव ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी , सामाजिक दूरी कायम गरी , माक्सको प्रयोग गरी एवम जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको निर्देशन पालन गरी शुभ दिपावली तथा छठ पर्व मनाउन सबैमा अनुरोध समेत गर्नुभएको छ ।

नेपाल विश्व हिन्दु महासंघ कपिलवस्तुले बड़ा दशै, शुभ दीपावली र छठ पर्बको लागि गरिएको प्रयास सराहानिय रहेको महराजगंज बस्ने अभिषेक यादवले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले १९ गते जारी गरिएको सूचना मूर्ति नबनाउने र बिसर्जन नगर्ने भने निर्णय को खुलेर सामना गरेको कार्य सहरानीय रहेको कृष्णनगर वार्ड नं ६ बस्ने राजू विश्वकर्मा ले बताउनु भएको हो।आज नेपाल विश्व हिन्दु महासंघ नभाएको भए हामी माता दुर्गाको र माता लक्ष्मी को मूर्ति घटस्थापना गरी पूजा गर्न पाउने थिएनौ उनले भन्नु भयो ।

शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा जिल्ला एवम वार्डको बिभिन्न पदाधिकारीहरू उपस्थित रहेको थियो भने कुरा जिल्ला प्रबक्ता ओमकार पाण्डेले जानकारी दिनु भयो।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.