माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तथा विशेष भेला शुरुः वैचारिक राजनीतिक विषयमा छलफल हुँदै देशभरका नेताहरुको बाक्लो उपस्थिति

0
Quantam abroad studies

अरुणा मानन्धर

मंसिर ८,

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को के न्द्रीय समितिको बैठक तथा विशेष भेला आज बाट काठमाडौंमा शुरु भएको छ । हिजो बसेको पोलिटव्यूरोको अनौपचारिक बैठकले केन्द्रीय समिति को बैठकबारे आधारभूत तयारी गरेको हो ।

माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापामगरको अध्यक्षतामा बसेको बैठकमा महासचिव कणजीत बुढाथोकी शुशिलको विशेष आतिथ्यता रहेको छ । बैठकमा देशभरका नेताहरुको बाक्लो सहभागिता रहेको देखिन्छ ।

आजबाट शुरु भएको बैठक तथा विशेष भेलाको कार्यक्रम भोलिसम्म चल्ने बुझिएको छ । बैठक तथा भेलाबाट वैचारिक राजनीतिक लगाएतका विषयमा छलफल गर्दै पार्टी संगठनबारे समेत व्यापक छलफल गर्ने बुझिएको छ ।

बैठक तथा भेला काठमाडौंको बौद्ध जोरपाटीस्थित याङग्रिमा हिल सिटि होटल प्रा. लि. को सभा हलमा भैरहेको छ । बौद्ध स्थिति उक्त हलमा अधिकांश नेताहरु पुगिसकेको बुझिएको छ ।

बैठकमा महासचिव कणजीत बुढाथोकीले राजनीतिक तथा संगठनात्मक विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि सहभागि नेताहरुले छलफल गर्दै प्रदेश, जिल्ला र जवस मोर्चा को कार्य विभाजन गर्दै बैठक सकिने बुझिएको छ ।

यस अघि बसेको पोलिटव्यूरो बैठकले पार्टीका पूर्व अध्यक्ष गोपाल किराती साईला लाई वैचारिक स्खलनता को कारण सल्लाहकार समितिमा राखिए को भएपनि उहाँमा पछिल्लो समय देखिएको संगठनात्मक अराजकतावादी हर्कतका कारण कारबाही लगाएतका विषयमा समेत सहभागिहरुले छलफल गर्ने बुझिएको छ ।

बैठक तथा भेला मा माओवादी केन्द्र का दजर्नौ जिम्मेवार नेताहरुको सहभागिता रहेको बुझिएको छ । साथै माओवादी केन्द्रमा माओवादी नेता कार्यकर्ताहरु एकातिर र व्यक्तिवादी अराजकतावादमा फसेकाहरु अर्कोतिर बाडिएका छन ।

माओवादी केन्द्रको बैठक तथा भेला मा सहभागि नेताहरु माक्सवाद, लेनिनवाद र माओवादको पथ प्रदर्शक सिद्धान्त लाई स्विकार्ने र नेपाली विशिष्ठतामा माक्सवादको विकास गर्दै जनयुद्धका बाँकी कार्यभार सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन ।

साथै जनमुक्ति सेना दिवसको अवसर पारेको शुरु गरिएको उक्त भेलामा माओवादी केन्द्रले महान जनयुद्ध, जनयोद्धा, शहीद, बेपत्ताँ परिवार, अपाङ्ग र आम न्यायपूर्ण जनसमुदाय लाई सम्झना समेत गरेको छ ।

अहिले महासचिव शुशिलको कार्यपत्र माथि सहभागि नेताहरु छलफलमा जुटेका छन । महासचिव शुशिलले फरक – फरक विषय मा तीन वटा कार्यपत्र प्रस्तुत गरेका छन । साथै कार्यवाहक अध्यक्ष तिलक थापामगरले महासचिव शुशिललाई पार्टीको अध्यक्षका रुपमा प्रस्ताव गर्ने र अन्य संगठनात्मक अवस्थाको बारेमा समेत छलफल हुने बुझिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.