सहुलियत कर्जाका लागि २ गाउँपालिकाले गर्यो सम्झौता

0
Quantam abroad studies

प्रचण्ड खत्री / रुकुम पशिम
रुकुम पश्चिमका २ स्थानीय तहले सहुलियत कर्जाका लागि लक्ष्मी बैंक सँग सम्झौता गरेका छन । सहुलियत पूर्ण कृषि कर्जा प्रबाहका लागि बाफिकोट गाउँपालिका र त्रिबेणी गाउँपालिका ले १८ गते छुट्टाछुट्टै सम्झौता गरेका हुन ।

सम्बन्धित गाउपालिकाको सहजीकरण र सिफारिसमा स्थानीय कृषि , कृषि समुह , कृषि सहकारी लगायत अन्य संघ संथाले बैंक बाट सरल कर्जा प्राप्त गर्ने छन । १८ गते १ कार्यक्रमका बीच लक्ष्मी बैंक रिटेल फईनन्सियल सर्भिसका प्रमुख दिपेस अमात्य र बाफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर के सी र त्रिबेणी गाउँपालिका अध्यक्ष झक्कु प्रशात घर्ति मगरले छुट्टा छुट्टै सम्झौता गरेका हुन ।

कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह ले बैंक ले कृषि कर्जालाई प्राथमिकतामा राखेको बताए । कार्यक्रममा पुर्ब गृहमन्त्री जनार्दन शर्मा प्रभाकर , जिल्ला समन्य समिति रुकुम पश्चिमका प्रमुख राज कुमार शर्मा लगायतको उपस्तिथी रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.