सप्तरीमा बाढी प्रभावित समुदायमा राहत बितरण : लायन्स क्लब

0
Quantam abroad studies

नबिन यादव, मङ्सिर-२७, सप्तरी ।

लायन्स क्लब राजविराजले आज शनिबार तिलाठी कोइलाडी गाउँपालिकाको बाढी पीडित परिवारलाई राहत बितरण गरेका छ्न् ।

sahani furniture udyog

लायन्स क्लब राजविराज सप्तरी को संयोजन मा तिलाठी कोइलाडी गाउँपालिका वडा नं.-१ बेल्ही टोलका एक सय बाढी पीडित परिवारलाई चामल, सोयाबिन, खाने तेल, बिस्कुट, चियापत्ती र दाल बितरण गरेका हुन ।

उक्त टोलका राय, यादव र मुस्लिम समुदाय का बाढी बाट प्रभावित पीडित परिवारलाई राहत बितरण गरेको छ । राहत स्वरुप १५ केजी चामल, पाँच सय ग्राम सोयाबिन, खाने तेल एक लिटर, चियापत्ती पाँच सय ग्राम, चिनी एक केजी, दाल दुई केजी र बिस्कुट दुई बटा बितरण गरेको हो ।

राहत बितरण कार्यक्रमको अध्यक्षता शैलेन्द्र मोहन झाले गर्नु भएको थियो भने प्रमुख अतिथि जसपा नेता तथा प्रदेश सभा सदस्य मनिष सुमनले गर्नुभयो त्यसै गरि विशिष्ट अतिथि रबिन्द्र दास तथा डा. बिकास चन्द्र झा, बिजय यादव, दिपेन्द्र चौधरी, करुणा झाको अतिथिमा कार्यक्रम भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.