सप्तरी सहित प्रदेशकाे जनताकाे सेवाका लागि सम्पर्क कार्यालय उदघाटन मन्त्री साह

0
Quantam abroad studies

शुभ नारायण यादव, २७ मङ्सिर, सप्तरी ।

प्रदेश न.२ का भुमि व्यवस्था तथा कृषि सहकारि सप्तरी सहित प्रदेशका जनता काे सेवा का लागि प्रदेश सम्पर्क कार्यालय राजविराजमा उदघाटन गरिएको बताउनुभएको छ ।

मन्त्री शैलेन्द्र प्रसाद साहकाे अध्यक्षतामा आज सप्तरी जिल्ला संसदीय निर्वाचन क्षेत्र नं.-२ (क) को प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहको सम्पर्क कार्यालय उदघाटन समारोह लाई सम्बाेधन गर्नुहुने मन्त्री साहले साे कुरा बताउनुभएको हाे। उहाँ ले विगत केही समय यता आफुले आफ्नाे क्षेत्रमा कार्यकर्ता भेटघाट काे क्रम मा क्षेत्र काे विभिन्न स्थानमा पुग्दा सम्पर्क कार्यालय नभएको जन – गुनासाे आम सर्वसाधारण तथा कार्यकर्ताहरु काे रहेकाेले यस लाई मन्नन गर्दै साे कार्यलय सप्तरी को क्षेत्र न.२ अन्तर्गत सप्तरीको सदरमुकाम राजविराज मा गरिएको बताउनुभयाे ।

उक्त कार्यक्रममा सभासद नेत्र बिक्रम साह, जनता समाजवादि पार्टीका केन्द्रीय सदस्यहरु भिमराज यादव, अशाेक यादव, सत्य नारायण यादव, अमरनाथ मण्डल, जिल्ला समन्वय समिति का सभापति प्रभाकर यादव मनाेज, पार्टीका मुख्य सचिव शम्भु झा लगायतकाहरु ले आज आफ्नो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाे । यस्तै राजविराज नगरपालिका का मेयर शम्भु यादव, तिलाठि काेइलाडि गाउपालिका का अध्यक्ष सतिश कुमार सिह, उपाध्यक्ष सुचिता कुमारि यादव, महदेवा गाउपालिका का अध्यक्ष दिपक यादव, छिन्नमस्ता गाउपालिका कि उपाध्यक्ष उषा कुमारि मण्डल, छिन्नमस्ता गाउपालिका वडा नं. १ का वडा अध्यक्ष बिनाेद कुमार यादव, तिलाठि काेइलाडि गाउपालिकाका वडाअध्यक्ष लक्ष्मि मण्डल, राजविराज नगरपालिकाका वडा अध्यक्ष अरुण कुमार यादव लगायतका बक्ताहरुलेब सम्पर्क कार्यालय उदघाटन संगै नेता कार्यकर्ताहरुकाे जमघटका साथे नेता कार्यकर्ताहरुकाे समस्या समाधानकाे उपाय समेत भएको बताउनुभयाे ।

दिनेश कुमार यादव द्वारा सन्चालित साे कार्यक्रममा पार्टीका विद्यार्थी केन्द्रीय अध्यक्ष किशाेर कुमार यादव, सत्यनारायण मुखिया, महेश यादव, महिला नेतृ मिरा यादव, सत्यनारायण यादव, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष श्याम सुन्दर यादय, उमेश कुमार यादव लगायतका बक्ताहरुले आ-आफनाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.