तिलाठी कोइलाडी गाउँपालिकामा गुपचुप अन्तरक्रिया कार्यक्रम

0
Quantam abroad studies

राजविराज नबिन यादब, मङ्सिर २६,

प्रत्येक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यपालिका सदस्यहरुले मिलोमतो मा पीडितको उपस्थिति बिनै अन्तरक्रिया कार्यक्रम गरेको छ ।

समाजमा रहेका हानिकारका अभ्यास विरुद्ध कानूनको तर्जुमा र निर्माण मात्र नभई सो सम्बन्धमा प्रत्येक व्यक्तिलाई सो को जानकारी र स्थानीय तहसम्म छलफल, बहस र पैरवी गर्नुपर्ने कुरामा ध्यान केन्द्रित गरि कार्यक्रम गर्नुपर्ने हुन्छ।

तर तिलाठी कोइलाडी गाउँकार्यपालिका वाडा अध्यक्ष, वाडा सचिव, गाउँपलिका को केहि कर्मचारीहरू ले कार्यक्रम लाई बेठक भनेर जनकारी दिएका वडा सचिवले बताउनु भएको छ। सो कार्यक्रम मा कुनै ग्रामीण महिलाईहरू को सहभगिता नरहेको आफै सबै कर्मचारी मिलोमतो गरि कार्यक्रमको रकम र अन्य सामग्रीहरू सिध्याएको हो ।

sahani furniture udyog

तिलाठी कोइलाडी गाउँपलिका को कर्मचारीहरू ले यस्तो संङ्किर्ण कार्यक्रम प्रति हिंसा विरुद्धको अभियानमा हिंसाको शिकार हुने ब्यक्ति, समाजको उपस्थिति बिना नै कार्यक्रम गर्नु भएको अभियानको मर्मलाई जनप्रतिनिधिले नबुझेको नबिन यादबले बताउनुहुन्छ ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज, सबैको एक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ देशब्यापी रुपमा १६ दिने अभियान सरकारी तथा गैरसरकारी संघ-संस्थाले मनारहेका छ्न।

लैन्ङिक हिंसा विरुद्धको १६ दिने अभियान लाई विभिन्न कार्यक्रम गरि पनि मनाइरहेका छ्न । हिंसाबाट पीडित महिला त्यसैगरि हिंसाको शिकार हुने बालिका, किशोरकिशोरी लगायत पुरुष महिला को सहभागीता मा अन्तक्रिर्या कार्यक्रम गर्ने प्रचलन छ् तर अभियानलाई तिलाठी कोइलाडी गाउँपालिकाले मिलोमतोमा हिंसा पीडितहरु, समाजिक अभियन्ता, समाजको सहभागिता बिना गरेको सो कार्यक्रमको एक जना कर्मचारीले बताएको छ ।

नेपाल सरकार ले लैगिक हिंसा बाट विशेष गरी बालिका, किशोरी र महिलाहरुले सम्पूर्ण जीवनयापन गर्ने हकबाट बंचित हुनु परेको छ । समाजमा रहेका करीति, कुसंस्कार तथा खराब अभ्यासहरु बाट कोही व्यक्ति पनि पीडित हुनु नपरोस्, हिंसाको शिकार हुनु नपरोस एवं अपमानित, अपहेलित र विभेद गरेको अवस्था नरहोस् र कुनै पनि महिलाको आँखामा आँशु देख्न नपरोस् भन्दै यस अभियानलाई सफल बनाउन सबैमा आह्वान गरेको छ।

सर्वप्रथम सन १९९१ मा “Center for Women Global Leadership” को सहयोगमा २० वटा देशहरु का विभिन्न महिलाको समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को शुरुवात गरेको थियो र अभियानमा जुटन विश्वलाई नै आव्हान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.