प्रधानमन्त्रीकप किक्रेट प्रतियोगितामा भागलिन बझाङ किक्रेट टाेली कञ्चनपुर प्रस्थान ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ , २८ मंसिर
सुदुरपश्चिम प्रदेश स्तरिय क्रिकेट प्रर्तियोगितामा भाग लिन बझाङका क्रिकेट खेलाडिहरु आइतबार हिडेका छन ।

सुदुरपश्चिम प्रदेशस्तरिय प्रधानमन्त्री राष्टियकप क्रिकेट प्रर्तियोगिता महेन्द्रनगरमा मंसिर २७ गते देखी पौष ३ गते सम्म संचालन हुने भएको छ। प्रदेशस्तरिय प्रर्तियोगिता बाट पौष ११ गते काठमाण्डौ हुने प्रधानमन्त्री राष्ट्रियकप प्रर्तियोेगितामा खेलाडिहरु छनोट गर्नुपर्ने भएकाले प्रदेशस्तरिय खेलमा प्रर्तिशप्रधा गर्न बझाङको १८ जनाको टोली हिडेको टोलिका प्रशिक्षक सन्तोष केसीले बताउनु भयो ।

टिमकोच केसीले अगाडिपनी प्रदेशस्तरिय क्रिकेट प्रर्तियोगिता मा बझाङ बाट टिम सहभागिता भएका थियौ , यसपाली केहि स्थान हासिल गर्न सक्ने अपेक्षा राखेको बताउनु भएको छ ।

जिल्लाका क्रिकेट खेलाडिहरुलाइ बन्द प्रशिक्षणबाट १४ जना नियमित र ४ जना बैकल्पिक खेलाडि छनोट गरेको छ। जसमा जयपृथ्वी नगरपालिका बाट २ जना छविसपाथिभेरा गाउँपालिका बाट ४ जना , दुर्गाथलि गाउँपालिकाका २ जना , केदारस्युँ गाउँपालिकाका २ जना खप्तडछान्ना गाउँपालिकाका १ जना , थलारा गाउँपालिकाका २ जना र मष्टा गाउापालिका का १ जना गरि बझाङ जिल्लाका १२ ओटा स्थानियतहहरु मध्ये ७ ओटा स्थानियतहहरुका १८ जना खेलाडिहरु सहभागी भएका छन ।
क्रिकेट खेलाडिहरुलाइ जिल्लामा प्रशिक्षण समेत गराएको थियो। जिल्लामा खेलमैदानको अभावको बाबजुत पनी विभिन्न खेल संग रुचि भएका खेलाडि साथिहरुले खेलको प्रर्तिभाका साथै खेलविकासमा जोड दिएका छन । यस बर्ष महेन्द्रनगरमा हुने प्रादेशिक स्तरिय प्रधानमन्त्री राष्टियकपमा सुदुरपश्चिमका ८ जिल्लाका टिम सहभागि हुने भएका छन ।

आइतबार जिल्ला क्रिकेट संघले एक औपचारिक कार्यक्रम गरिे प्रर्तियोगितामा भाग लिन जाने खेलाडिहरुलाइ उच्च मनोबल का साथ खेल्ने र सफलता हासिल गर्ने अपेक्षाका साथ विदाइ गरेको थियो । साथै खेलाडिहरुलाइ कोरोना महामारि बाट बच्न र बचाउन स्वास्थ्य सामाग्रीहरु समेत संघले वितरण गरेको थियो । विगतमा धेरै चोटि बझाङ बाट क्रिकेट प्रर्तियोगितामा सहभागि हुदै आएका र खेल खेलेरमात्र नभए अनुसासन , राम्रो खेल प्रर्दशन गर्नु पर्नेमा जोड दिदै , खेलाडिहरुलाइ शुभकामना तथा अविर सहित विदाइ गर्नु भएको छ । खेलाडिहरु को खानबस्न सबै ब्यवस्थापन जिल्ला क्रिकेट संघले गर्ने समेत संघका जिल्ला अध्यक्ष प्रविन्द्र धामीले बताए ।

साथै कन्चनपुरमा हुन लागेको सुदुरपश्चिम प्रदेशस्तरिय खेलमा बझाङका खेलाडिहरुले पहिलो दिन बैतडि संग मंसिर ३० गते , दोस्रो खेल कैलाली संग पौष १ गते र दाचुर्ला संग पौष २ गते खेल्ने भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.