धनुषाको शहिदनगर नगरपालिकामा अन्तारष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा रक्तदान कार्यक्रम

0
Quantam abroad studies

नबिन यादव , मंसिर २८

धनुषा को शहिदनगर नगरपालिकामा अन्तारष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा रक्तदान कार्यक्रम मनाएको छ । अन्तारष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को अवसरमा धनुषाको शहिदनगर नगरपालिकामा रक्तदान कार्यक्रम समेत गरिएको छ ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र को आयोजना तथा मित्र धनुषा को सहकार्यमा सो आयोजना गरिएको शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया ले बताउनु भएको छ । उक्त रक्तदान कार्यक्रममा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) सहित एक दर्जन भन्दा बढी युवाले रक्तदान गरेका बताएका छन्।

शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मेयर बरबरियाले रक्तदान जीवनदानको नारालाई निर्मुल र व्यवहारिक बनाउन आग्रह समेत गरे। उनले एक जनाको रक्तले कसैको जीवन बाँच्ने भएकोले समय समयमा रक्तदानदान गर्न आग्रह गरे। उनले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष विवेक कुमार यादव (गुडु) को अध्यक्षतामा भएको रक्तदान कार्यक्रम प्रशंसनीय रहेको जिकिर गरे ।

sahani furniture udyog

अन्य कार्यक्रम भन्दा पनि रक्तदान कार्यक्रम प्रत्यक्ष रुपमा लाभदायी र समाजहित, जनहितको लागी लगानी भएको जिकिर गरे। रक्तदान कार्यक्रममा स्वास्थ्यका कर्मचारी, नगरपालिकाका कर्मचारी सहित आम सर्वसाधारणहरुले समेत रक्तदान गरेका हुन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.