गणेश यादव , सुनसरी
जिल्ला को इनरुवामा प्रथम उराँव स्तरीय भाले कप नकआउट फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ । नेपाल उराँव क्लव इनरुवा ४ बर्सेडाँडा हरियाली टोल इनरुवा ४ सुनसरी को आयोजना र ४ नम्बर वडा कार्यालयको सहयोग मा नकआउट फुटवल प्रतियोगिता सम्पन्न भएको हो ।
वडा कार्यालय ले खेलकुद सामाग्री प्रदान गरेको र बैदेशिक रोजगारमा रहेका उराँव समुदायको युवाहरुले पनि रकम संकलन गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेको आयोजकले जनाएको छ । मंसिर १३ गते देखी सञ्चालन भएको प्रथम उराँव स्तरीय भाले कप नकआउट फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ। सो प्रतियोगितामा आयोजक संस्था नेपाल उराँव क्लव इनरुवा ४ प्रथम भएको छ भने दोश्रो मधुवन टिम भएको स्थानीय सुरज उराँवले जानकारी दिएका छन् ।
प्रथम हुनेलाई १६ केजी कुखुरा र दोश्रोलाई १० केजी कुखुरा सहित मेडल एवं प्रमाण पत्र वितरण गरिएको आयोजक संस्था का अध्यक्ष अशोक उराँवले बताएका छन् ।
उराँव समुदायको युवाहरुलाई संगठित बनाउन र उराँव भाषा को संरक्षण सम्वद्र्धन गर्नका लागि खेलकुदको माध्यम बाट एकीकृत गर्न खोजेकोले फुटवल प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका सचिव उमेश उराँवले बताए ।
इनरुवामा बिभिन्न खेलकुद भएपनि उराँव जातजातिको मात्रै सहभागिता भएर कुनै पनि खेलकुद नभएकाले उराँव जातिको पहिचानको लागि र उराँव जातजाति बाट पनि खेलाडी उत्पादन गर्नका लागि यो नकआउट फुटवल प्रतियोगिताको आयोजना गरेको उनले बताए ।
प्रतियोगितामा प्रमुख अतिथि वडाका सदस्य लक्ष्मी बर्मा , बिशिष्ट अतिथिमा कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँव , उराँव भाषामा पीएचडी गरेको रामकिसुन उराँव , टोल विकास संस्थाका अध्यक्ष राजकुमार उराँव , दयानन्द उराँव, सशस्त्र प्रहरीका प्रतिनिधि लगायत को सहभागिता रहेको थियो ।