महिनावारी भएका नारीहरुलाई हेला तिरस्कार र यातना किन ???

0
Quantam abroad studies

📝 सलिना मियां

समाजमा केही परिवर्तन ल्याउने उदेश्यले यो नारी कथा–ब्यथा लेखिएको हो ।(पुरुषले रगत बगायो , देखियो तिम्रो बहादुर चित्र महिला ले रगत बगायो , दियौ नाम अपवित्र) negative thinking on menstruation ?
अझै पनि हाम्रो समाजमा महिनावारी भएका नारीहलाई हेला, तिरस्कार र यातना दिने चलन छ । घरभित्र पस्न नदिने, खाना खान बस्न नदिने, भान्सा मा जान नदिने दाजुभाइको मुख हेर्न नदिने जस्तो अनेकौं नकारात्मक बिचार प्रकट गरिदिने गर्दछौं । के महिनावारी हुनु गलत कुरा होर ???


त्यस्तो नसोच्नु महिनावारी भनेको प्रकृतिले महिलाहरु लाई दिएको बरदानं हो । प्रकृतिले दिएको प्राकृतिक कुरा हो । जुन कुरालाई हामीले स्वाभाबिक प्राकृतिक नियमकारुपमा गौरवका साथ लिन र भन्न पर्छ।तर त्यसलाई हाम्रो समाजले गलत धारणाले व्यक्त गरेको पाईन्छ र गरिरहेका देखेका पनि छौ ।

महिनावारी भनेको त महिलामा हुने सामान्य अवस्था पो हो त यसलाई राम्रो मान्न पर्छ । नराम्रो मान्नु पर्ने कुनै कारण छेैन। त्यसैले यसलाई गलत तरिका र नकारात्मक सोचले होइन सकरात्मक सोच ले हेर्नु पर्दछ । महिनावारी भनेको जुन शारीरिक परिवर्तन मध्येको एउटा महत्वपूर्ण परिवर्तन हो जुन कुराले अब महिला परिपक्क भएको र बच्चा जन्माउनको लागि परिपक्वता छ बच्चा जन्माउन सक्छ है भन्ने कुराको सङ्केत हो यो । हरेक महिनामा महिलाहरु गर्भवती हुन तयार भएका छन् है भन्ने सङ्केत हो । महिनावारी भनेको त सरसफाइको प्रक्रिया हो यसलाई त हामि सबैले सामान्य रुपमा लिन पर्छ । जुन महिनावारी हुदा पाठेघरमा रगतले बनाएको तह विस्तारै यौनि मार्ग हुँदै रगतको रुपमा शरिर बाहिर निस्कने हो । जसलाई हामी महिनावारी वा रजस्वला भएको भन्ने गर्दछौ । महिला को गर्भशायले महिलाको भित्री रुपमा भएको अस्तर रगत र अतंक योनिवाट निष्कासन हुने प्रतिक्रिया हो

तर हाम्रो समाज ले यसलाई गलत धारणा, गलत सोचाइ र बुझाइमा निर्धारण गरेको छ किन ?
समाजमा धेरै प्रचलित अन्धविश्वासका कारणले गर्दा महिनावारी भएको महिला र महिनवारीको बेला बग्ने रगतलाई अशुद्ध मानिएको छ।महिला माथि थुप्रै बन्देज निषेध यस सम्बन्धमा गरिएर्का छन्।अपहेलना गर्ने महिनावारि भएको महिलालाई देख्दा नराम्रो हुने जस्तो कुरीति हाम्रो समाजमा अझ पनि हटेको छैन। तपाई पनि महिला नै हुनु हुन्छ भने तपाईलाई चाहिँ यस्तो रुढीबादी परम्परा ले केही प्रभाव पार्दैन् ??
हाम्रो समाजले अहिले पनि यसलाई पुनर्जन्मको पाप र नछुने भएको अबस्था वा फोहोर अबस्थाको रुपमा लिने गरेको छ । एउटा महिलाको पीडा अर्को महिलालाई थाहा हुदाहुदै पनि हामी यस्तो गर्छौ किन ??
एउटा नारीले अर्को नारीलाई साथ हौसला दिनुको साटो महिनावारी भएको नारीमाथि तिरस्कार र हेय नराम्रो व्यवहार गर्छौ, नजिक हुन र मुख पनि हेर्न दिदैनौ किन?के हामीले यस्तो गर्नु ठिक हो ?

मेरो बिचारमा कदापि यो ठिक हुन सक्दैन् तर पनि हामी ले यसलाई ठिक मानेर गरेका छौ किन ?अहिले को युगमा पनि हामी अन्धविश्वासमा नराम्रोसँग रुमलिरहेका छौ।उज्यालो मार्ग देखाउनुको साटो आफुले आफैलाई अध्यारो बन्द कोठामा महिनावारीको समयमा थुनाएका छौं ( छाउपडी पनि यस्तै एउटा कुप्रथा हो। आफैमा एक चेतनशील प्राणी भएर पनि यस्तो सामान्य अवस्थालाई लिएर पशु सरह को व्यवहार गर्छौ । के हामीले यस्तो गर्नु ठिक होइन र हामीले कदापि यस्तो गर्नु हुदैन । महिनावारी हुनु भनेको यो कुनै नारीको समस्या होईन । महिनावारी भनेको त हरेक नारीले आमा हुने गौरवको कुरा हो। त्यसैले हामी नारीले यस कुरामा गलत सोचले कहिले पछि हट्नु हुदैन।एकले अर्काको सम्मान गर्न पर्छ। हामी नरीहरु झुपडीको गोठमुनि शिर झुकाएर होइन समाजमा शिर उठाएर महिनावारी सम्बन्धि कुरा गर्ने गरौ । हरेक हिंसा बाट हामी नारीहरु जोगिऔं र अरु नारीहरुलाई पनि जोगाऔं । महिनावारी हुनु भनेको नराम्रो होईन प्रकृतिले दिएको स्वभाविक नियमित प्रकृया र बरदान हो ।

यसलाई सकारात्मक सोचल स्वीकार गर्न पर्छ । अन्धविश्वास र भ्रम लाई तोड्न पर्छ । महिनावारी सम्बन्धि कुरीति लाई हामी आफैले हटाउन अधिकतम प्रयत्न गर्नु पर्छ। शव्दमा होइन व्याबहारमा यसलार्य लागु गर्न सिक्न पर्छ । तब मात्र नारीको मान सम्मान र महिला हुनुको अर्थ हुनेछ । हामी नारीहरु एकजुट भएर हिम्मतका साथ अगाडि बढेर अन्धविश्वासलाई तोडेर आफ्नो जीबनको रक्षा हामी आफैले गर्न पर्दछ। यसो गर्न सकेमा महिलाको लागि यो भन्दा खुसीको कुरा अरु केही हुन सक्दैन । त्यसो भएर हरेक नकारात्मक सोच र कुरीतिलाई तोडेर समाजमा शीर झुकाएर होइन समाजमा सक्षम , सबल र आदर्श नारीको रुपमा शीर उठाएर हिड्ने गरौ । नारीले नारीको सम्मान गरौ तिरस्कार होइन ।


के तपाईहरु ले महिनावारी नहुनु भको भए समाजमा कस्तो रुपले परिचित हुन पर्थो सोच्नुस त ?थाहा छ तपाईलाई कुनै समाजले पनि राम्रो मान्दैन थियोे विभिन्न किसिमका नकारात्मक आरोप – बाझोपन जस्तो शब्दले तपाईंको मनमा नराम्रो प्रभाव पर्ने थियो । हो त्यसरि नै महिनावारी हुने नारीमा परेको छ । हाम्रो समाजको नकारात्मक सोच बिचार ले । के तपाईं महिनावारी नहुनु भको भए बच्चालाई जन्म दिन सक्नु हुन्थो र ? अवश्य पनि सक्नु हुन्थेन । यदि सक्नु हुन्थ्यो भने ५०–५५ वर्ष उमेर पुगेका ले रजस्वला बन्द भएकाले किन जन्माउदैन र जन्मिदैन । हो त्यसरि नै महिनावारि सामान्य अवस्था र गर्व को कुरा हो यो नराम्रो कुरा र कुनै समस्या होइन समस्या त हाम्रो सोच बुझाई हो । यस्तो गर्न हुदैन हामी ले अब हामी नारि ले एउटा असल र सभ्य समाज को सिर्जना गरेर हरेक नारि गर्वका साथ भन्न सकुन छोरी भएर जन्म लिनु र जन्म दिनु मा मलाई गर्व छ । नारि कुनै बोझ होइन वरदान हो महिनावारी समस्या होइन समाधान हो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.