
शहबाज खान/मंसिर२९
नेपाल डेभलपमेन्ट सोसाइटीले देशको शैक्षिक संस्थामा देखिएको भवनको आवश्यकता र महत्व लाई ध्यानमा राखेर लुम्बिनी प्रदेशको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. ५, मोहसड स्थित मदर्सा जामियतुल ईस्लाहमा सुविधा सम्पन्न सहितको ५ कोठे विधालय भवन निर्माण गरि संस्था का अध्यक्ष नजरूल हुसेन ले नव निर्मित भवनलाई आज औपचारिक कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य खेम लाल भट्टराई , पूर्व सिडियो कलाम ज्यू, विशिष्ठ अतिथी वडा न. ५ का अध्यक्ष खुर्शिद आलम को उपस्थितिमा विधालयको अध्यक्ष श्री महफुज आलमलाई हस्तान्तरण गरेका छन ।
विधालय हस्तान्त्रण कार्यक्रम को अध्यक्षता गरेका संस्थाका अध्यक्ष नजरूल हुसेन ज्यूलाई लाई राष्ट्रिय सभा सदस्य मान्नीय खेम लाल भट्टराईले दोसल्ला, वडा न. ५ का अध्यक्ष खुर्शिद आलम तथा विधालयका अध्यक्ष ले संस्था ले विधालय भवन निर्माण गरिदिएकोमा स धन्यवाद पत्रका साथ सम्मान गरेका थिए ।
नेपाल डेभलपमेन्ट सोसाइटीले लु.स.न.पा-५, मा निर्माण गरेको ५ कोठे विधालय भवनमा विधार्थी हरूलाई बस्न काे लागि ५० थान बेन्च , ५ थान हवाइट बोर्ड , डस्टर, मारकर तथा १० थान पखां सहित को आवश्यक सामाग्रीहरू विधालयलाई प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष नजरुल हसन ले कार्यक्रममा आफ्नाे मनतव्य राख्ने क्रममा विद्यालयमा पठानपाठनको सहजता सँगै गुणस्तरीय शिक्षाको उद्देश्य साथ ५ कोठे भवन निर्माण गरी सहयोग उपलब्ध गराइएको छ तसर्थ विधालय बाट उच्चकोटीको शिक्षा प्रदान गर्न आग्रह गरे साथै यस विधालयका विधार्थीहरू पनि गुणस्तरीय शिक्षा हासिल गरी नेपालको सरकारी निकायका हाकिम तथा कर्मचारी बनी समाज तथा देशको विकासको स्तर उकासनमा सहयोक गरी असल, सच्चा र देशप्रेमी नागरिक बन्न समेत आहवान समेत गरे ।
नेपाल डेभलपमेन्ट साेसाईटीले औपचारिक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेको नव निर्माण सम्पन्न भवन संस्थाका अध्यक्ष नजरुल हसन, प्रमुख अतिथी मान्नीय खेमलाल भट्टराई , विशिष्ठ अतिथी पुर्ब सिडियो श्री कलाम तथा विशिष्ट अतिथी वडा अध्यक्ष खुर्शिद आलमले शिलालेख माथी राखिएको पर्दा तानेर संयुक्त रुपमा भवन उद्घाटन गरे ।
सबै जसो क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्दै आएको नेपाल डेभलपमेन्ट साेसाईटले नेपालका ४ वटा प्रदेशहरूको १४ वटा जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकापार्जन, राहत, आयआर्जन को क्षेत्रमा विपन्न , दलीत , गरिव र असहाय, सिमान्तकृत तथा आर्थिकरूपले विपन्न समूदायको लागि विगत ८ वर्ष देखि जात, धर्म, लिगं र क्षेत्र भन्दा माथि उठेर मानव जाती तथा देशको हित, र विकासको लागि काम गर्दै आएकाे छ ।
