म पीडित उखु किसान

0
Quantam abroad studies

३ पुष, जनकपुरधाम ।

पाएन भुक्तानी म पीडित उखु किसान !

खै न्याय दिलाए म पीडित उखु किसान !!

भोट माग्ने बेलामा दैलो हात जोड्दै नेता !!!

खै समस्या हल गरे म पीडित उखु किसान !!!!

समयमै रकम नपाउँदा ऋणमै परिवर्तन भए !

जाउँ त कहाँ जाउँ , उखुको मूल्य नै नपाए !!

कोही भोकै मर्दैन भन्ने सरकार नारा लगाए !!!

खै समस्या हल गरे म पीडित उखु किसान !!!!

sahani furniture udyog

चिसोले आँखा भएछ रातो सडकमै बसी !

छोराछोरी जागिर छैन गर्छु नै उखु खेती !!

चिनी मिलले बारम्बार किसानलाई ठगिए !!!

खै समस्या हल गरे म पीडित उखु किसान !!!!

हामी उखु किसानबाट चिनी मिलले कमाए !

करोडौं पैसा कहाँ गयो उखुको मूल्य नदिए !!

दैनिकी जीवनमै अब गुजार्न नसके किसान !!!

खै समस्या हल गरे म पीडित उखु किसान !!!!

नाम : – अनेरास्ववियू नेकपा सदस्य
सामाजिक कर्मी एवं अधिकार कर्मी योग्यता:- अध्ययनरत +2 विद्यालय: – त्रिभुवन आदर्श मा. वि. :- जनकपुरधाम ।

अनेरास्ववियूका युवा सदस्य तथा रोयल युथ क्लबका अध्यक्ष एवम् युवा समाज सेवी तनविर रेजा राइन द्वारा लेखिएको कविता मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण गराउदै पिडितहरु को समस्या अति शिघ्र समधान गरियोस् भनी अनुरोध सहित दबाव ब्यक्त गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.