

धनी राम काेरी, २ पुष, कपिलवस्तु ।
कपिलवस्तुकाे प्रतिनिधि सभा २ का प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले अहिले सम्म जुनसुकै पार्टीको सरकार आओस कपिलवस्तुलाई पछि पारेको छन् । उनले भने कि म संसद हुनु भन्दा पहिले याे क्षेत्रमा संसद थिएनन् तर किन कपिलवस्तु पछि छ ।
गाैतम बुद्धलेे २९ बर्ष विताएका ठाउँलाई सरकारले किन नेपाल लाई चिनाउन सकेन अनि विश्वमा कपिलवस्तु लाई कसरी चिनाउँछ । तपाईहरु हेरलिनु न प्रदेश काे राजधानी कपिलवस्तु किन हुन सकेनन् कपिलवस्तुलाई राजधानी बनाउनुको सट्टा दाङ मा बनेयाे कपिलवस्तु बासी खु:सी छैनन् । बुद्ध संग जाेडिएका धेरै काेटहरु छन कपिलवस्तु मा सम्भावना धेरै छ तर सरकारले चासाे देखाएको छैन अखिर किन ? कपिलवस्तु पर्यटन विकास समितिको राहत कोष स्थापना कार्यक्रममा उहाँले यस्तो बताउनु भएको छ ।
प्रकृतिक विपत्ती तथा राहत कोष स्थापनाकपिलवस्तु पर्यटन विकास समिति कपिलवस्तुले प्रकृतिक विपत्ती तथा राहत कोष स्थापना गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं. ६ तिलौरीमा आयोजित एक कार्यक्रमका बिच कपिलवस्तु पर्यटन विकास समिति का अध्यक्ष हरिशचन्द्र खनाल ले प्रकृतिक विपत्ती तथा राहत कोष स्थापना भएको बताउनु भएको छ। अध्यक्ष खनालले आफै कोषमा २५ हजार ५ सय ५ रुपैयाको चेक राहत कोषका संयोजक लक्ष्मि भण्डारीलाई हस्तानतरण गरेका थिए ।
कार्यक्रममा ३ जनालाई सम्मान पनि गरिएको छ । सहित्यिक क्षेत्रमा योगदान पुर्याए बापत हरिराज शार्मा, फोटोबाट जिल्ला को पर्यटकिय स्थाललाई सबै माझ प्रचार प्रसार गरेको बृजेश कुमार जयसवाल, त्यस्तै बाल गाईड राहुल सहानीलाई सम्मान गरिएको समिति का अध्यक्ष खनालले जानकारी दिनु भएको छ ।
