कपिलवस्तु काे विजयनगरमा अजिङ्गरको बच्चा भेटियो

0
Quantam abroad studies

कपिलवस्तु , पौष ४ / विजयनगर
कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालीकामा अजिङ्गर सर्पको बच्चा भेटिएको छ । गाउँपालीकाको वडा नम्बर ७ स्थित त्रिनेत्र निम्न माध्यमीक विद्यालय सोनवरसा को कम्पाउण्डमा शुक्रबार उक्त सर्प भेटिएको हो । बिहान ११ बजे फेला परेको अजिङ्गर सर्पको बच्चा अनुमानीत ५ फिट लामो रहेको बताइएको छ ।

सर्पलाई वन कर्मचारीहरु को टोलीद्वारा उद्दार गरि गौतम बुध्द साझेदारी वन व्यवस्थापन समितीको वन क्षेत्र, चिरइ खोला, कोहीनाहव खोला र अर्रा खोला भित्र पर्ने जवाबैराठको वन क्षेत्रको उपयुक्त वासस्थानमा लगि छाडिएको छ ।

सर्पलाई वडा नम्बर १ का वडा अध्यक्ष इन्नर चौधरी, गुगौली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संजय कुमार मिश्र , शसत्र वन रक्षक रुमलाल पाख्रेल , रेडियो विजयनगरका प्रतिनिधी शम्भु बिक लगाएत स्थानीयको रोहबरमा वनमा छाडी लुम्बिनी प्रदेश सरकारमा पत्र पठाइएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.