धनी राम काेरी
रुपन्देही , ४ पुष
लुम्बिनी प्रदेशको अस्थायी राजधानी रुपन्देहीकाे बुटवल मा नि:शुल्क शिक्षा अभियानकाे समिति गठन तथा बृहत अभियान भेला सम्पन्न भएको छ ।
“अनाथ तथा गरिब,विपन्न बालबालिकाहरुकाे लागि सहयोगार्थ ” भन्ने मुल नारा काे साथमा नि:शुल्क शिक्षा अभियान अन्तिम फाउण्डेसन नेपाल द्वारा संचालन हुदैछ ।
नि:शुल्क शिक्षा अभियान लागि अगाडि बढाउन काे लागि मुल समितिमा संयाेजक ज्ञानेश्वर सहानी ,सह- संयाेजक जनक राज पाैडेल ,सदस्य सरिता पाण्डे ,निरु पटेल , सुजाता पाण्डे , बाल गाेविन्द सहानी, दामाेदर अार्चय,सुरेश यादव , लक्ष्मण वि. सी , सुरज श्रेष्ठ , धनी राम काेरी , इश्वारी प्रसाद पाण्डे , हिमाल न्याैपाने , साेभाकर पाण्डे, नेत्र सारु मगर र अमृत पाण्डे जस्ता व्यक्तिहरु मुल समिति मा चयन हुनु भएको छ ।
सल्लाहकारमा नवीन पाैडेल , राजेन्द्र अधिकारी, पाेभ नारायण पाण्डे र राजेन्द्र घिमिरे हुनु भएको छ ।
बृहत भेलामा नि:शुल्क शिक्षा अभियानको भावी समस्याहरु के के हुन सक्छन् र त्याे समस्यालाई कसरी समाधान गर्ने , याे अभियानलाई राष्ट्रिय स्तरमा कसरी ,कुन तरिका बाट अघि बढ्दा राम्रो हुन्छ जस्तो विषयमा छलफल भएको थियो ।
सुजन परियार काे अध्यक्ष्ाता र अन्तिम फाउन्डेसन नेपालकाे अयाेजना तथा नेविकाे कम्पनी लि. काे प्रायाेजक र बुटवल -१२, नयाँगाउँ काे हाेटल टुकी मा नि:शुल्क शिक्षा अभियान काे समिति गठन तथा बृहत अभियान भेला सम्पन्न भएको छ ।
साेे कार्यक्रममा रुपन्देही , कपिलवस्तु , अर्घाखाँची ,गुल्मी र नवलपरासी जिल्ला का युवाहरुकाे उपस्थिति रहेको थियोे ।