रुपन्देहीको ओमसतियामा स्कारपियो र अटोरिक्सा एक आपसमा ठोक्किदा तीन जना घाइते

0
Quantam abroad studies

उर्मिला यादव, पुष ४, भैरहवा रूपन्देही ।

रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय नजिकै आज बिहान सवारी साधन दुर्घटना हुदा तीन जना घाइते भएका छ्न् ।

इलाका प्रहरी कार्यालय बेलहीयाका अनुसार हुलाकी सडक खण्ड अन्तर्गत ओमसतिया गाउपालिका वडा नं. ४ मा पश्चिम नवलपरासी को परासी बाट आउदै गरेको बा १८ च १८४२ नम्बरको स्कारपियो र भैरहवादेखि सिलौटीया मेला जादै गरेको लु १ ह १३३६ नम्बरको अटोरिक्सा एक आपसमा ठोक्किदा तीन जना घाइते भएका हुन ।

घाइते हुनेमा अटो रिक्सामा सवार दोलखा जिल्ला बस्ने ४३ बर्षिय काजीमान श्रेष्ठ, सोहि ठाउमा बस्ने ५० बर्षिय शुक कुमार तामांग र कंचनपुर जिल्ला बस्ने बर्ष ४० को अनुष तिवारी घाइते भएको इलाका प्रहरी कार्यालय बेलहीया ले जनाएको छ । घाइते मध्ये २ जनाको भिम अस्पताल भैरहवा र एक जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.